११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर नियुक्त



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार उत्तराखण्डको ब्रान्ड एम्बेसडर बनेका छन् ।

अक्षयलाई आज (सोमबार) उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री धामीले पहाडी टोपी लगाएर अक्षय कुमारलाई फूल दिएका थिए ।

मुख्यमन्त्री धामीले ट्वीटरमा लेखेका छन्, ‘आज प्रख्यात अभिनेता, युवाहरूको प्रेरणा र मेरो साथी श्री अक्षय कुमार जीलाई मुख्यमन्त्री निवासमा स्वागत र अभिवादन गरियो। अक्षय कुमार जीले राज्यका युवाहरूलाई उत्प्रेरित गर्न सरकारले चालेका कदमहरूको प्रशंसा गरे र सबै सम्भव सहयोगको आश्वासन दिए।’

सिएम धामीले आफूहरुले अक्षय कुमारलाई अफर गरेको र उनले उत्तराखण्डको ब्रान्ड एम्बेसडरको रूपमा काम गर्न स्वीकार गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । 

अहिले अक्षय आफ्नो आगामी फिल्मको सुटिङका लागि उत्तराखण्डको मसुरीमा छन् ।