काठमाडौं । आजबाट काठमाडौंका तीन वटा खोपकेन्द्रमा चिनियाँ खोप लगाइएको छ । गत चैत २५ देखि दिदैँ आएको उक्त खोप राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार (भोली)बाट कोरोनाविरुद्धको नेपाल मेडिकल कलेज जोरपाटी, हिमाल अस्पताल ज्ञानेश्वर, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली र काठमाडौँ मेडिकल कलेज सिनामंगल गरि चारवटा खोपकेन्द्र थप गरेर खोप लगाइने भएको हो ।
काठमाडौंमा दोस्रो डोज लगाउन बाँकी रहेकालाई वीर अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र शिक्षण अस्पताल महाराजगञ्जमा लगाउन सकिने जनाएको छ ।








