५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘परदेशी–२’को प्रिमियर प्रकाश सपूतको गृहजिल्ला बागलुङमा



तस्बिर: डम्मर बुढामगर
अ+ अ-

काठमाडौं । चलचित्र ‘परदेशी–२’को प्रिमियर बागलुङमा गरिएको छ । चलचित्रका अभिनेता प्रकाश सपूतको गृहजिल्ला बागलुङमा शुक्रबार प्रिमियर गरिएको हो ।

प्रिमियरमा उपस्थित दर्शकहरुले चलचित्रले नेपाली समाजको कथा भनेको प्रतिक्रिया दिएका छन् । यस्तै, बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले परदेशको सपना देख्ने आम नेपालीको कथाले आफ्नो मन छोएको बताएका छन् ।

गायक समेत रहेका अभिनेता प्रकाश सपूतले आफ्नै जन्मठाउँमा जिल्लाबासीसँग बसेर चलचित्र हेरिरहँदा फरक अनुभूति भएको बताए । उनले चलचित्रमा आफ्नो इन्ट्री हुँदा दर्शकबाट आएको ‘हुटिङ’ले पुराना दिन सम्झाएको बताए ।

यस्तै, अभिनेत्री केकी अधिकारीले राजधानीबाहिरको प्रियिमरमा सहभागी हुन पाउँदा फरक अनुभूति भएको बताइन् । प्रदर्शनको दुई साताअघि प्रिमियर हुँदै गर्दा ‘नर्भस’ महसुस भए पनि चलचित्र हेरिसकेपछि सबैको सकारात्मक प्रतिक्रियाले खुसी लागेको उनले बताइन् ।

त्यसैगरी, निर्देशक नारायण रायमाझीले चलचित्र दर्शकलाई मन छुने बनेको भन्ने प्रिमियरपछि महसुस गरेको बताए । “आफ्नो चलचित्रलाई आफैले मूल्यांकन गर्न सकिँदैन । तर दर्शकको बीचमा बसेर चलचित्र हेरिरहँदा रमाइलो पनि उत्तिकै भयो । सबैलाई मन छुने चलचित्र बनेको रहेछ भन्ने महुुस भयो ।”

असोज २६ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रले युवापुस्तामा बढ्दो विदेश मोहको कथा रहेको छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रमा प्रकाश र केकीसँगै वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलियालगायत कलाकारको अभिनय छ ।