• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट ★   प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए ★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री

डा शशांक कोइरालाद्धारा खुट्टा गुमाएकी घिमिरेलाई सहयोग हस्तान्तरण



काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई ३ लाख एकाउन्न हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित रकम पूर्वमहामन्त्री कोइरालाले घिमिरेको निवासमा पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै डा कोइरालाले अमेरिकमा बसेर घिमिरेलाई सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिदै नेपालीलाई समस्या पर्दा विदेशमा रहेका नेपालीहरूको सहयोग महत्वपूर्ण हुने गरेको बताउनुभयो ।

घिमिरेले एसईपछि कक्षा ११ पढ्न आउने क्रममा सवारी दुर्घटनामा परि खुट्टा गुमाएकी थिइन् । सो रकम हस्तान्तरण कार्यक्रममा गैर अवासिय नेपाली संघ एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशीले घिमिरेलाई क्रृत्रिम खुट्टा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहयोग रकम हस्तान्तर गर्नका लागि निवासमा पुग्दा गैर अवासिय नेपाली संघका अर्का महासचिव डा केशव पौडेलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीलाई टेलिफोन सम्पर्क गरि आफ्नो तर्फबाट घिमिरेलाई थप १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौंका सभापति सवुज बाँनिया, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री दिपक भट्टराई, नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसी, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सचिव बद्री भट्टराई, नेपाली कांग्रेस बागमति प्रदेश सदस्य कल्पना खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरको उपस्थिती रहेको थियो ।