७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा बिधेयक बारे मुस्लिम अगुवाहरुको नेता नेपाललाई ज्ञापनपत्र



अ+ अ-

काठमाडौं । मुस्लिम समुदायका अगुवाहरुले शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षाप्रति अन्याय भएको भन्दै सरकार र बिभिन्न पार्टीका नेताहरुको ध्यानआकर्षण गराएका छन् ।

उनिहरुले विधेयकमा मदरसा शिक्षाका केही कुराका सम्बोधन भएपनि अपूर्ण रहेको भन्दै सरकार र दलका नेताहरुको ध्यानकर्षण गराएका हुन्।

नेपाल हज समितिका पूर्वअध्यक्ष ताज मोहम्मद मियाँले न्यूजपोलारसंग भन्नुभयो ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षालाई सम्बोधन गरिएकामा सरकारलाई धन्यवाद दिएका छौ तर त्यो अपूर्ण छ पूर्ण बनाउनका लागि सरकार र बिभिन्न दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएका छौ ।

मियाका अनुसार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

उहाँले मूलभूतरुपमा विधेयकमा मदरसा शिक्षाप्रति अन्याय भएको भन्दै आवश्यक संशोधनका लागि अनुरोध गरिएको बताउनु भयो ।

ज्ञापनपत्र बुझाउन सांसद खालिद सिद्दिकी, कल्पना मियाँ विभिन्न मुस्लिम भातृ संगठन र सामाजिक संघ संस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।