२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी टोलीले विश्वकप खेल्न सात वर्षपछि भारतीय भूमिमा पाइला टेक्यो



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा सहभागी हुन पाकिस्तानी टोली भारत पुगेको छ । भिसा जारी भएको एक दिन पछि पाकिस्तानी टोली बुधवार हैदराबाद आइपुगेको हो ।

पाकिस्तानको पुरुष क्रिकेट टोलीले सात वर्षपछि पहिलो पटक भारत भ्रमण गरेको हो । दुबईमा नौ घण्टाको लामो विश्रामपछि टोली हैदरावाद पुगेका हुन् । निकै कडा सुरक्षा ब्यवस्थाबीच उनीहरुलाई विमानस्थलबाट होटेलसम्म पुर्‍याइएको थियो ।

विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । पाकिस्तानी टोलीले यसअघि सन् २०१६ को मार्च ८ देखि अप्रिल ३ सम्म भारतमा आयोजना भएको आईसीसी टी—२० विश्वकप खेलेको थियो ।

सन् १९९२ को आईसीसी विश्वकपको च्याम्पियन पाकिस्तानले सेप्टेम्बर २९ मा २०१९ को उपविजेता न्युजिल्यान्डसँग आफ्नो पहिलो अभ्यास खेल खेल्नेछ। टोलीले अक्टोबर ३ मा पाँच पटकको च्याम्पियन अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल्नेछ। तर, पाकिस्तान र न्युजिल्यान्डबिचको अभ्यास खेल भने दर्शकविहिन रंगशालामा खेलाइने बताईएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाका कारण पाकिस्तानको पहिलो अभ्यास खेल बन्द रंगशालामा खेलाउन लागिएको जनाएको छ ।

पाकिस्तानले अक्टोबर ६ मा राजीव गान्धी इन्टरनेशनल स्टेडियममा नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलबाट विश्वकपमा सुरुवात गर्नेछ ।