२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी टोलीले विश्वकप खेल्न सात वर्षपछि भारतीय भूमिमा पाइला टेक्यो



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा सहभागी हुन पाकिस्तानी टोली भारत पुगेको छ । भिसा जारी भएको एक दिन पछि पाकिस्तानी टोली बुधवार हैदराबाद आइपुगेको हो ।

पाकिस्तानको पुरुष क्रिकेट टोलीले सात वर्षपछि पहिलो पटक भारत भ्रमण गरेको हो । दुबईमा नौ घण्टाको लामो विश्रामपछि टोली हैदरावाद पुगेका हुन् । निकै कडा सुरक्षा ब्यवस्थाबीच उनीहरुलाई विमानस्थलबाट होटेलसम्म पुर्‍याइएको थियो ।

विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । पाकिस्तानी टोलीले यसअघि सन् २०१६ को मार्च ८ देखि अप्रिल ३ सम्म भारतमा आयोजना भएको आईसीसी टी—२० विश्वकप खेलेको थियो ।

सन् १९९२ को आईसीसी विश्वकपको च्याम्पियन पाकिस्तानले सेप्टेम्बर २९ मा २०१९ को उपविजेता न्युजिल्यान्डसँग आफ्नो पहिलो अभ्यास खेल खेल्नेछ। टोलीले अक्टोबर ३ मा पाँच पटकको च्याम्पियन अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल्नेछ। तर, पाकिस्तान र न्युजिल्यान्डबिचको अभ्यास खेल भने दर्शकविहिन रंगशालामा खेलाइने बताईएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाका कारण पाकिस्तानको पहिलो अभ्यास खेल बन्द रंगशालामा खेलाउन लागिएको जनाएको छ ।

पाकिस्तानले अक्टोबर ६ मा राजीव गान्धी इन्टरनेशनल स्टेडियममा नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलबाट विश्वकपमा सुरुवात गर्नेछ ।