• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ

एसियाली खेलकूदमा नेपालको फितलो प्रदर्शन जारी



असोज १० गते । चीनको हाङझावमा जारी एसियाडमा नेपालको प्रदर्शन निकै  फितलो छ । क्रिकेट बाहेक सबै खेलमा नेपाली खेलाडीहरू समूह चरणबाटै बिदा भएका छन् ।

प्रस्तुत छ राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त असोज १०  गते सम्पन्न खेलका नतिजाहरू  ।

पौडी
हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।

महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दूरी तय गर्न १ मिनेट २०.१५ सेकेन्ड समय लाइन् । ७ खेलाडीले प्रतिस्पर्धा थिए । डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।

पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा  दोश्रो हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे । ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं भए ।

बक्सिङ : सुष्मा र भुपेन्द्र पराजित
हाङझाव एसियाडमा पदकको आशा गरिएकी नेपालकी सुष्मा तामाङ बुधबार पहिलो चरणमा पराजित भइन् ।

महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा सुष्मा कजाखस्थानकी नाजम काइजाईसंग ५–० ले चुकिन् । गत वर्ष यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्माले विश्व च्याम्पियनसिप समेत खेलेको अनुभव छ ।

पुरुष ६३.५ केजीमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी भुपेन्द्र थापा एन चु लाईसँग ४–० ले पराजित भए । पहिलो चरणमा बाई पाएर भूपेन्द्र सोझै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए ।

महिला बास्केटबल : नेपालको लगातार दोस्रो हार
महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा पराजित भएको । समूह ‘बी’ को लिग खेलमा नेपाल कजाखस्थानसँग १७–१० ले हा¥यो ।

कजाखस्थान विरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान ४–४ अंक जोडे । नेपालको स्कोरबार्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान १–१ अंक थपे ।

समूह चरणको पहिलो खेलमा जापानले नेपाललाई २२–४ ले हराएको थियो । नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

जुडो : नेपालको चुनौती समाप्त
जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसंगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो । पराजित भएको छ ।

जिओशान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४–० ले पराजित भयो ।

टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित भए ।

यस्तै मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४–० ले नै पछि प¥यो ।

ह्यान्डबल : नेपाल जापानसँग पराजित
महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ ।

समूह बी अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित     भयो । नेपालका लागि आइता लोमु शेर्पाले ४, उमा राईले ३ तथा कप्तान बन्दना राई, विमला तामाङ र कल्पना ओलीले समान १–१ गोल गरे ।

पहिलो हाफमा ६ गोल गरेको नेपालले दोश्रो हाफमा ४ गोल गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसंग ५७–१० ले पराजित भएको थियो । एसियाडको महिला ह्यान्डबलमा नेपालको यो पहिलो सहभागिता हो ।

तेक्वान्दो
तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । बुधबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफ्गानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११–१  र दोस्रो चरणमा १५–२ ले पछि परे ।

पुरुष ६८ केजीमुनि वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २–० ले नै पराजित भए । पहिलो चरणमा १०–० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरेपनि १२–८ ले पछि परे ।

महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ इरानकी मेलिका मिरहोसेनी भाकिली २–० ले निराश भइन् । उनी १४–१ र ९–० ले पराजित भइन् ।

अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

उसु : कविता ११ औं स्थानमा
उसुमा नेपालकी कविता थापा महिला जियान्सु÷कुन्सु अलराउन्डमा समग्रमा बुधबार ११ औं स्थानमा रहिन् ।

जियोसन गुआली स्पोर्ट्स सेन्टरमा कविताले जियान्सुमा ९.६३३ तथा कुन्सुमा ९.२४३ गरी जम्मा १८.८७६ अंक जोडिन् । ११ खेलाडी सहभागी कविताको स्पर्धामा चीनकी झियाओझियाओले स्वर्ण, इरानकी जाहरा कियानीले रजत र भियतनामकी भि थुइ दुवोङले कांस्य जिते ।

पुरुष क्रिकेट : नेपालको कीर्तिमानी जित
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा कीर्तिमानी जितसहित सानदार सुरुआत गरेको छ ।

समूह ‘ए’ को लिगमा जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा नेपालले कीर्तिमानको वर्षा गर्दा मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित ग¥यो ।

नेपालले सर्वाधिक योगफल र फराकिलो जितसंगै व्यक्तिगततर्फ सबैभन्दा छिटो शतक र सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनायो ।

नेपालले दिएको ३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा अलआउट हुनेअघि ४१ रन बनायो ।
टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा यसै खेलबाट डेब्यु गरेको मंगोलियाका लागि दाभासुरेन जमयानसुरेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाएनन् ।

ब्लिङिमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

कुशल  र दीपेन्द्रले रचे कीर्तिमान
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको कीर्तिमानी शतक र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी अर्धशतकमा नेपालले ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो ।

नेपालका लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान भंग गरे ।

रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।

त्यसपछि आएका दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटिङ नै गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए ।

दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् । दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा १२ बलमा रहेको अर्धशतक बनाउने कीर्तिमान तोडे ।

७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए ।

स्क्वास
हाङझाव एसियाडअन्तर्गत स्क्वासको पुरुष टिम इभेन्टको समूह ‘ए’ मा कतारले नेपाललाई ३–० तथा सिंगापुरले नेपाललाई ३–० को सोझो सोझो सेटमा पराजित गरे ।

महिला टिम इभेन्टको समूह ‘बी’ मा नेपाल भारत र पाकिस्तानसंग हा¥यो । नेपाल दुवै राष्ट्रसंग समान ३–० को नतिजामा पछि प¥यो ।

टेबलटेनिस
हाङझाव एसियाडको टेबलटेनिसको पुरुष एकलमा माल्दिभ्सका इस्माइलले नेपालका रुविन महर्जनलाई ११–६, ३–११, ११–८, ११–६ र ११–८ तथा यमनका अममद अली ओमरले नेपालका संयोग कपालीलाई ११–८, ११–७, ११–९ र ११–६ को सेटमा पराजित गरे ।

पुरुष डबल्समा नेपालका संयोग र रुविनको जोडी पाकिस्तानका साह मोहम्मद खान र फैजान जाहुरको जोडीसंग ११–८, ११–४ र ११–७ को सीधा सेटमा हारे । महिला डबल्समा उत्तर कोरियाका युसङ हाम र कुम्योङ किमको जोडीले नेपालका रुविन र सिक्क सुवाल श्रेष्ठको जोडीलाई ११–३, ११–२ र ११–३ को सेटमा पाखा लगाए ।

मिक्स डबल्समा दक्षिण कोरियाका जोङहुन लिम र युविन सिनको जोडीले नेपालका संयोग र नवीताठको जोडीमाथि ११–६, ११–३ र ११–१ को जित दर्ता गरे ।