१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छः काँग्रेस

संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छः काँग्रेस
file photo
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ ।

मंगलवर पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न काँग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

सरोकारवाला निकायका मागलाई सम्बोधन हुनेगरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधवार (भोलि) अपरान्ह १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको बताउनु भयो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘अहिले जुन विद्यालय शिक्षा विधेयक, जो आएको छ । यो महत्वपूर्ण विधेयक मध्यको एउटा विधेयक हो । त्यसमा हामीले आज सरोकारवालाहरुसँग छलफल गरेका छौं । जसमा २३ जना वक्ताहरुले आफ्ना धारणा राख्नुभएको छ । झन्डै शिक्षाको क्षेत्रमा काम गरिराखेका २० वटा संस्थाका धारणाहरु सुन्न अवसर हामीले प्राप्त गरेका छौं । र, भोलि एक बजे हामी विशेषज्ञहरुसँग बसेर यो विधेयक बनाउँदा संलग्न हुनुभएका विज्ञहरुसँग पनि बसेर छलफल गर्छौं ।

यसको मुख्य उद्देश्य के हो त भन्दा सबै सरोकारवालाका कुरा सुनिसकेपछि नेपाली काँग्रेसले यो विधेयकलाई समृद्ध गर्नका लागि, यो विधेयकलाई परिमार्जन गर्नका लागि, के–के गर्दा यो परिमार्जन हुन्छ, समृद्ध हुन्छ ? र, सबैका भावना यसमा समाहित हुन सक्छन भन्ने उद्देश्यका साथ गरिएको हुनाले हामी यसलाई परिमार्जन गर्छौं । शिक्षाको यो विधेयकलाई परिमार्जन गर्ने, समृद्ध बनाउने कुरा नै भएको हुनाले नेपाली काँग्रेसको तर्फबाट संसदमा यो विधेयकलाई परिमार्जन गर्ने गरेर हाम्रो भूमिका निर्धारण हुन्छ । सरकारको विधेयक ल्याउने काम हो । हामी त्यसलाई परिमार्जन गर्छौैं ।’

यता, सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसदबाट पारित गराउन काँग्रेस नेतृत्वलाई सचेत गराएका थिए ।सबै शिक्षकहरुले फेरि आन्दोलन गर्नु नपर्नेगरी सो विधेयक संशोधन गर्न नेताहरुको ध्यानाकर्षण गराईको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माईतीघर मण्डलाबाट बाल शिक्षकहरु र राहत शिक्षकहरुलाई विद्यालय पठाउने वातावरण फेरि बनाइ दिनुप¥यो । त्यहाँ हाम्रा साथीहरुलाई सडकमा सुताउने काम गर्नुभएन । हामीले त्यही भनेका छौं ।’

छलफलमा काँग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको उपस्थिति रहेको थियो ।