२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनरत् डाक्टर र सरकारबीच वार्ता जारी



अ+ अ-

काठमाडौं । आन्दोलनरत् चिकित्सक र सरकारबीच वार्ता जारी रहेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा वार्ता चलिरहेको हो ।

वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीलगायत स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि सहभागि रहेका छन् ।

सुरक्षाको माग गर्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकमाथि लगातार भईरहेको आक्रमण र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए ।

सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गरेका थिए । त्‍यस्तै उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए । त्यसअघि लमजुङ जिल्ला अस्पताल र हेटौंडाको सञ्चो अस्पतालका डाक्टरमाथि पनि हातपात भएको थियो ।