१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

वर्गमैत्री क्वारेन्टीनको प्रवन्ध समयमै मिलाउन महिला तथा सामाजिक समितिको सरकारलाई निर्देशन

वर्गमैत्री क्वारेन्टीनको प्रवन्ध समयमै मिलाउन महिला तथा सामाजिक समितिको सरकारलाई निर्देशन
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । 

समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल तथा लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्वतयारी गर्न गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । 

साथै समितिले लिङ्ग, वर्गमैत्री क्वारेन्टीनको प्रवन्ध समयमै मिलाउन पनि निर्देशन दिएको छ । बैठकमा समिति सभापति सभापति निरु देवी पालले भन्नुभयो ‘देशमा देखिएको कोभिड–१९ को दोस्रो लहर नियन्त्रण एवं रोकथामका लागि विभिन्न क्षेत्रमा गरिएका निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा विगतको अनुभवबाट शिक्षा ग्रहण गर्दै महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल एवम् लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न उल्लेखित लिङ्ग, वर्गमैत्री क्वारेन्टीनको प्रवन्ध समयमा नै मिलाउन तथा आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी कार्य सम्पादन गर्न, गराउन समिति नेपाल सरकार, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ ।’

बैठकमा समिति सदस्य ध्रुवकुमार शाहीको संयोजकत्वमा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा महिला, बालबालिका, जेष्ठ नागरिक, पीछडिएको वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको सम्बन्धमा गरेको स्थलगत अध्ययनमाथि पनि छलफल भएको थियो । अध्ययन भ्रमणको बिस्तृत प्रतिवेदन समितिको आगमी बैठकमा प्रस्तुत गरिने निर्णय पनि भएको छ ।