काठमाडौं । आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ७ बमोजिम न्याय परिषदको परामर्शमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश रहनुभएका श्रेष्ठलाई बैशाख १६ बाट लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको हो ।









