काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि कैलालीमा निषेधाज्ञा लागू हुने भएको छ ।
मंगलबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेअनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिने बताइएको छ ।








