१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कांग्रेसद्वारा महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन

कांग्रेसद्वारा महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आसन्न महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरेको छ । कांग्रेसको सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । कांग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गते काठमाडौँमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं काठमाडौँ उपत्यकाका तीनै जिल्लाका पार्टीका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरूसमेत रहेका छन् ।

यस्तै कांग्रेसले महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा केन्द्रीय पदाधिकारीहरू, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यहरू रहनुभएको छ । समितिमा आवश्यकतानुसार सभापतिले थप सदस्यहरू मनोनयन गर्नेछन् ।

महासमितिको बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नेछन् भने समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् । यसैगरी केन्द्रीय सभापतिले आवश्यकताअनुसार विभिन्न विषयमा अन्य समितिहरू गठन गर्न सक्नु हुने बैठकको निर्णय छ ।

शिक्षा विधेयकका सम्बन्धमा भएको वार्ता र सहमतिको स्वागत
बैठकले एक महिनाको अवधिमा गरिएका आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बिपी साहित्य महोत्सवलगायतका महत्वपूर्ण र प्रभावकारी भएको सम्बन्धमा समीक्षा गरेको छ । बैठकले नेपाल सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा विधेयक’ लाई लिएर आन्दोलित शिक्षक र नेपाल सरकारबीच भएको वार्ता र सहमतिको हार्दिक स्वागत गरेको छ ।

साथै विद्यालय शिक्षा ऐनको विधेयक संसद्मा दर्ता भइसकेकोले संसदीय प्रक्रिया भित्रैबाट संशोधन र परिमार्जनका माध्यमले विधेयकलाई सर्वस्वीकार्य बनाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ कांग्रेसले सार्थक पहल गर्ने निर्णय गरेको छ । बैठकले उक्त विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्न कांग्रेस संसदीय दललाई निर्देश गरेको मुख्यसचिव पौडेलले बताउनुभयो । साथै पार्टीले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग सहकार्यका लागि अपिल गरेको छ ।

बैठकले पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि सार्वजनिक कार्यक्रमस्थलमै दिनदहाडै खुकुरी प्रहार गरी साङ्घातिक आक्रमण भएकोलगायतका घट्नाको छानबिन गरी दोषीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन र नागरिकहरुमा सुरक्षाको अनुभूति दिलाउनका सरकारसँग माग गरेको छ ।

कांग्रेसले सबै तहका सरकारलाई अनावश्यक संरचना सिर्जना नगर्न र आर्थिक मितव्ययिता अपनाउन अनुरोध गरेको छ । साथै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई उक्त कुरामा गम्भीर ध्यान पुर्‍याउन निर्देशित गरेको छ ।

प्रभावकारी बजार अनुगमनको माग
पार्टीले नेपालीहरुको विभिन्न चाड पर्व क्रमशः भित्रिनै लागेको बेला प्रभावकारी बजार अनुगमन गरी कृत्रिम मूल्य नियन्त्रण तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन गर्ने, उपभोक्ताको हितलाई ध्यानमा राखी आपूर्ति सहज र सुलभ बनाई उपभोगतालाई आश्वस्त पार्न सरकारसँग माग गरेको छ ।

यसैगरी कांग्रेसले संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि नयाँ संविधानअनुरुप धेरै प्रचलित कानुनहरुको संशोधन र परिमार्जन हुन नसकेका अवस्थामा संविधान कार्यान्वयनसँंग जोडिएका र संविधान सम्मत संशोधित कानुनहरु अविलम्ब बनाउन सरकारसँग माग गरेको छ ।

कांग्रेसले बाढीपहिरोबाट प्रभावित घरपरिवार, अनावृष्टिका कारण खेतिपाती लगाउन नपाएका र लम्पीस्कीन रोगका कारण चौपाया पशुहरू मरेर ठूलो नोक्सानी ब्यहोरेका निम्नवर्गका किसानहरूले अझै पनि राहत क्षतिपूर्ति पाउन नसकेको जनगुनासो रहिआएकाले तत्काल त्यस्ता गुनासोहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिएको नेपाल थारू सङ्घको विधान परिमार्जनसहित पारित गरेको छ । यसैगरी कांग्रेसले पार्टीका संस्थापक नेता, पूर्वसभापति, पूर्वप्रधानमन्त्री एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले आसन्न चाडपर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव र एकता कायम राख्दै मूलूकका सामु देखिएका विभिन्न खाले धार्मिक सांस्कृतिक भ्रमहरू चिर्दै नेपालीहरूबीच सुख, शान्ति, उत्साह र उमङ्गको बहार ल्याउने अभिलाषासहित सबैमा शुभकामना व्यक्त गरेको छ ।

सभापति देउवाको अध्यक्षातामा यही असोज ४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रारम्भ भएको बैठक आज सम्पन्न भएको हो । आजको बैठकमा सभापति देउवा, उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, डा। शशांक कोइराला, अर्जुननरसिंह केसी, रमेश रिजाल, डा। नारायण खड्का, डा मीनेन्द्र रिजाल, दीपक गिरी, डा। चन्द्रकान्त भण्डारी, मिनाक्षी झा, सरिता प्रसाईं, रामहरि खतिवडा, चम्पादेवी खड्का, मञ्जुकुमारी यादव, गणेश लामा र अनिलकुमार रुङ्गटाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।