• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त

मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न



काठमाडौँ । मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न भएको छ । बुधबारको साधारण सभाले आगामी २ वर्षका लागि दिपक कुमार मलहोत्राको अध्यक्षतामा रहेको ९ सदस्यीय अघिल्यै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।

साधारण सभामा समितिका उपाध्यक्ष सञ्जय कुमार अग्रवालले स्वागत मन्तब्य दिनुभएको थियो भने महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९र८० मा यस एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराउनु भएको थियो ।

त्यस्तै कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९र८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अन्त्यमा एशोसियसनका अध्यक्ष दिपक कुमार मलहोत्राज्यूले सभामा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभयो ।