काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । उनी स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
उनकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो । प्रशान्तले आमाको कहिले निधन भएकोबारे खुलाएका छैनन् ।
उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो ।
‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् ।











