२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकको आन्दोलन जारी



अ+ अ-

काठमाडौँ । आईतबार पनि राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले राजधानीमा आन्दोलन जारी राखेका छन् । शुक्रबार सरकार र शिक्षक महासंघबीच सम्झौता भएपनि उनिहरुले प्रदर्शन जारी राखेका हुन् ।

यसअघि नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने बताएका थिए । विज्ञप्तिमा असोज ५ गते भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकले आफ्नो स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने बताएको थियो ।

त्यस्तै, पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको थियो । उनीहरुले शनिबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए ।