१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलेजु भवानी र श्रीभैरवकोे पुजा गर्न पूर्वराजा भक्तपुर जाँदै



अ+ अ-

भक्तपुर । पूर्व राजा ज्ञानेन्द्र शाहबाट आज शक्तिको प्रतीक तलेजु भवानी र श्रीभैरवकोे पुजा गर्ने कार्यक्रम रहेको छ । भदौ शुक्ल नवमीको दिन भक्तपुरमा आउन लाग्नुभएका पूर्वराजा बाट आइतबार अपरान्ह भक्तपुरका प्रशिद्ध देवी देवताहरुको दर्शन र पुजाअर्चना गर्ने तय भएको छ ।

उहाँले भक्तपुर दरवार क्षेत्रको स्वर्णद्वारभित्र मुलचोकमा अवस्थित शक्तिको प्रतीक तलेजु भवानीको दर्शन र पुजा गरि प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम रहेको तलेजु भवानीका पुजारी प्रा.डा.सिद्धिवीर कर्माचार्यले बताउनुभयो । प्रा.डा.कर्माचार्यका अनुसार तलेजु भवानीको नित्य पुजा भने आइतबार विहानै सम्पन्न भईसकेको छ ।

मल्लकालीन समय अर्थात १४ औं शताब्दिमा तलेजु भवानी काठमाण्डौ उपत्यकामा आएपछि तत्कालिन मल्ल राजाले १५ औं शताब्दिमा सो मन्दीर स्थापना गरिएको इतिहास छ । मल्ल राजाको ५५ झ्याले दरवारको पश्चितर्फको मुलचोकमा रहेको मन्दीरमा आसीन तलेजु भवानी दरवार र राजाको शक्तिसंग सम्वन्धित रहेको जनश्रुती रहेको छ ।

नेवार समुदायको प्रमुख आराध्यदेवी रहेकी तलेजु काठमाण्डौ उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरका तत्कालिन मल्ल राजाहरुले आ—आफ्नो दरवारको आडैमा मन्दीर बनाएर विराजमान गराएर राखेका थिए । त्यसबेलादेखि तलेजुको नियमितरुपमा राजा, राजपरिवार र नेवार समुदायले विशेष पुजाआजा गर्दै आएका छन् भने आम हिन्दुहरुले पनि पुज्दै आएका छन् । शक्तिकी देवी तलेजु भवानीको मन्दीर वर्षमा एक पल्ट बडादशैंको नवौं दिन अर्थात नवमीको दिनमा मात्रै सर्वसाधारणको लागि खोल्ने गरिन्छ ।

तलेजु मन्दीरमा नित्य र विशेष पुजाको लागि प्रज्ञेशराज राजोपाध्याय, नरेन्द्र प्रसाद जोशी, पद्यमलोचन कर्मार्चाय, प्रा.डा.सिद्धिवीर कर्माचार्य, महेश कर्माचार्य, वीरेन्द्रप्रसाद जोशी, ज्ञानेन्द्रवीर कर्माचार्य र मृगेन्द्रराज राजोपाध्याय गरि ८ जना पुजारी हुनुहुन्छ । तीनै पुजारीहरुले आज पूर्वराजा ज्ञानेन्द्रलाई तलेजु भवानीको नित्य पुजाको टीका, माला र प्रसाद दिनुहुने कार्यक्रम रहेको छ ।

तलेजु भवानीमा २० मिनेटदेखि आधा घण्टाको कार्यक्रममा ज्ञानेन्द्रबाट मुलचोक, भैरव चोक र कुमारी चोकको पनि अवलोकन हुने बताईएको छ । उहाँ अपरान्ह २ बजे भक्तपुर आउनुहुने कार्यक्रम तय भएको छ ।

तलेजु भवानीको पुजापछि पूर्वराजा ज्ञानेन्द्र दरवार क्स्वायरबाट पैदल टौमढी गएर टौमढीमा रहेको श्री भैरवनाथको पुजा गर्नुको साथै सिद्धिलक्ष्मीको दर्शन गर्नहुनेछ ।

कुनै नयाँ कामको शुरुवात गर्नुअघि पुर्व श्री ५ ज्ञानेन्द्रबाट भक्तपुरका प्रशिद्ध देवदेवीको पुजा आजा हुन लागेको देखेर राजनैतिक दलका नेताहरुको मुटुमा भने ढ्यांग्रो बज्न थालेको महसुस हुन थालेको छ ।