२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबिया र नेपालको सम्बन्ध नयाँ उचाईमा: राजदूत हैमाद



अ+ अ-

काठमाडौं: नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्लाह अबु हैमादले नेपाल र साउदी अरेबीया बीचको पारस्परिक सम्बन्ध पछिल्ला वर्षहरुमा नयाँ उचाईमा पुगेको बताउनु भएको छ ।

साउदी अरेबिया स्थापनाको ९३ औं राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आज आयोजित स्वागत समारोहमा राजदूत हैमादले पछिल्ला वर्षहरुमा नेपालको विकास प्रयासका लागि साउदी कोष मार्फत् नेपाललाई १५ करोड अमेरिकी डलरभन्दा बढी सहयोग गरिएको जानकारी दिनु भयो ।

साथै, साउदी अरेबियामा अध्ययनका लागि नेपाली विद्यार्थीका लागि २२ वटा छात्रवृत्ति कोटा उपलब्ध गराइरहेको छ भने पाँच लाख भन्दा बढी नेपालीले साउदी अरेबियामा रोजगारी प्राप्त गरिरहेका छन् ।

साउदी अरेबिया र नेपालबीच सन् १९७७ देखि द्विपक्षीय कुटनीतिक सम्बन्ध रहिआएको छ, र यसबीचमा दुबै देशबीच मानव स्रोत, व्यापार र ऊर्जा क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

आधुनिक साउदी अरेबियाको स्थापना सन् १९३२ मा राजा अब्दुलाजिज बिन अब्दुलरहमान अल साउदले गर्नु भएको थियो । खाडी राष्ट्र साउदी अरेबियाले पछिल्ला वर्षहरुमा राजा सल्मान बिन अब्दुल अजिज र राजकुमार मोहम्मद बिन सल्मानको दृष्टिकोण बमोजिम तिब्र आर्थिक वृद्धि हासिल गरिरहेको छ ।

राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति रामशहाय प्रसाद यादव, उच्च सरकारी पदाधिकारीहरु, कुटनीतिज्ञहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।