२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबिया र नेपालको सम्बन्ध नयाँ उचाईमा: राजदूत हैमाद



अ+ अ-

काठमाडौं: नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्लाह अबु हैमादले नेपाल र साउदी अरेबीया बीचको पारस्परिक सम्बन्ध पछिल्ला वर्षहरुमा नयाँ उचाईमा पुगेको बताउनु भएको छ ।

साउदी अरेबिया स्थापनाको ९३ औं राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आज आयोजित स्वागत समारोहमा राजदूत हैमादले पछिल्ला वर्षहरुमा नेपालको विकास प्रयासका लागि साउदी कोष मार्फत् नेपाललाई १५ करोड अमेरिकी डलरभन्दा बढी सहयोग गरिएको जानकारी दिनु भयो ।

साथै, साउदी अरेबियामा अध्ययनका लागि नेपाली विद्यार्थीका लागि २२ वटा छात्रवृत्ति कोटा उपलब्ध गराइरहेको छ भने पाँच लाख भन्दा बढी नेपालीले साउदी अरेबियामा रोजगारी प्राप्त गरिरहेका छन् ।

साउदी अरेबिया र नेपालबीच सन् १९७७ देखि द्विपक्षीय कुटनीतिक सम्बन्ध रहिआएको छ, र यसबीचमा दुबै देशबीच मानव स्रोत, व्यापार र ऊर्जा क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

आधुनिक साउदी अरेबियाको स्थापना सन् १९३२ मा राजा अब्दुलाजिज बिन अब्दुलरहमान अल साउदले गर्नु भएको थियो । खाडी राष्ट्र साउदी अरेबियाले पछिल्ला वर्षहरुमा राजा सल्मान बिन अब्दुल अजिज र राजकुमार मोहम्मद बिन सल्मानको दृष्टिकोण बमोजिम तिब्र आर्थिक वृद्धि हासिल गरिरहेको छ ।

राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति रामशहाय प्रसाद यादव, उच्च सरकारी पदाधिकारीहरु, कुटनीतिज्ञहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।