५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको युवा टिमद्वारा अस्ट्रेलिया पाँच विकेटले पराजित



अ+ अ-

भारत भ्रमणमा रहेको अस्ट्रेलियाली क्रिकेट टिम पहिलो एकदिवसीय क्रिकेटमा भारतसँग पाँच विकेटले पराजित भएको छ ।

तीन एकदिवसीय क्रिकेट अन्तर्गत मोहालीमा खेलिएको पहिलो खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २७७ को लक्ष्य भारतले ८ बल बाँकी छँदै ४८.४ ओभरमा पूरा गरेको थियो ।

भारतका लागि फर्ममा रहेका प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले सर्वाधिक आक्रामक ७४ रन तथा रुतुराज गायकवाडले ७१ रन बनाएका थिए । त्यसपछि कप्तान के एल राहुलले अविजित ५८, सूर्यकुमार यादवले ५० तथा इसान किशानले १८ रनको योगदान गरेका थिए ।

आगामी विश्वकपको तयारीमा रहेका दुबै टिमका लागि महत्वपूर्ण मानिएको यस शृंखलाको पहिलो खेलमा भारतका स्टार खेलाडीहरु रोहित शर्मा, बिराट कोहली, हार्दिक पान्ड्या लगायतलाई विश्राम दिइएको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाली टिमले खासै ठूलो स्कोर खडा गर्न सकेको थिएन । अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ५२ रन बनाएका थिए भने स्टिभन स्मिथले ४१, मार्नस लाबुसाग्नेले ३९, जोस इङगिसले ४५, क्यामरुन ग्रिनले ३१, प्याट कमिन्सले २१ रनको योगदान गरेका थिए ।

भारतीय बलर मोहम्मद शामीले पाँच विकेट लिएका थिए ।

यी दुई बिचको दोस्रो खेल आइतबार इन्दोरमा हुनेछ भने तेस्रो खेल आगामी बुधबार राजकोटमा हुनेछ ।