२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको युवा टिमद्वारा अस्ट्रेलिया पाँच विकेटले पराजित



अ+ अ-

भारत भ्रमणमा रहेको अस्ट्रेलियाली क्रिकेट टिम पहिलो एकदिवसीय क्रिकेटमा भारतसँग पाँच विकेटले पराजित भएको छ ।

तीन एकदिवसीय क्रिकेट अन्तर्गत मोहालीमा खेलिएको पहिलो खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २७७ को लक्ष्य भारतले ८ बल बाँकी छँदै ४८.४ ओभरमा पूरा गरेको थियो ।

भारतका लागि फर्ममा रहेका प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले सर्वाधिक आक्रामक ७४ रन तथा रुतुराज गायकवाडले ७१ रन बनाएका थिए । त्यसपछि कप्तान के एल राहुलले अविजित ५८, सूर्यकुमार यादवले ५० तथा इसान किशानले १८ रनको योगदान गरेका थिए ।

आगामी विश्वकपको तयारीमा रहेका दुबै टिमका लागि महत्वपूर्ण मानिएको यस शृंखलाको पहिलो खेलमा भारतका स्टार खेलाडीहरु रोहित शर्मा, बिराट कोहली, हार्दिक पान्ड्या लगायतलाई विश्राम दिइएको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाली टिमले खासै ठूलो स्कोर खडा गर्न सकेको थिएन । अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ५२ रन बनाएका थिए भने स्टिभन स्मिथले ४१, मार्नस लाबुसाग्नेले ३९, जोस इङगिसले ४५, क्यामरुन ग्रिनले ३१, प्याट कमिन्सले २१ रनको योगदान गरेका थिए ।

भारतीय बलर मोहम्मद शामीले पाँच विकेट लिएका थिए ।

यी दुई बिचको दोस्रो खेल आइतबार इन्दोरमा हुनेछ भने तेस्रो खेल आगामी बुधबार राजकोटमा हुनेछ ।