२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बिच च्यानल फाइनान्सिङ्ग कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई ) लिमिटेड बिच एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्नका लागि आधिकारीक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पूँजी प्रदान गर्न च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्नेछ ।

बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटर्सहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ्ग कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

 




भर्खरै