• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

खेल क्षेत्रलाई मर्यादित, सुरक्षित एवं व्यावसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्र सहकार्य आवश्यक: कावा प्रम खड्का



काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित एवं व्यावसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाल क्रिकेट संघको केन्द्रीय साधारणसभा तथा अधिवेशनमा उहाँले क्रिकेटको आधिकारिक तथा नियामक निकायको रुपमा नेपाल क्रिकेट संघले आगामी दिनमा क्रिकेट खेलको विकास, विस्तार र सबलीकरणका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली क्रिकेट टीमको बनोट हेर्दा यसमा समावेशिता, देशको भूगोल सबै एकै पटक देख्न सकिन्छ  भन्दै उहाँले यो समावेशिता, यो विविधतामा एकता कानूनी रूपमा निर्दिष्ट गरिएको कुनै आरक्षण नभएर खेलप्रतिभाको स्वतःस्फूर्त प्रस्फुरणका कारण सम्भव भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यसर्थ, क्रिकेटले राष्ट्रियता र राष्ट्रप्रेम उजागर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको विषय जगजाहेर छ।” तमाम चुनौतीहरुका वावजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गर्न यसका नियामक निकायमा अवान्छित हस्तक्षेप रोकिनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसका साथै, क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ट लगानीको वातावरण समेत बनाउनु पर्छ ।”

कावा प्रधानमन्त्री खड्काले नेपाली क्रिकेटको समुज्ज्वल भविष्यको कामना गर्दै नेपालमा क्रिकेटको विकास, विस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अगाडि बढाउने विषयमा नेपाल सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साधारणसभा र अधिवेशनमा उहाँले सम्बोधन गर्नुभएको पूर्णपाठ :

सर्वप्रथम, नेपाल क्रिकेट संघको केन्द्रीय साधारण सभा तथा अधिवेशनमा मलाई आमन्त्रण गर्नुभएकोमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै साधारण सभा तथा राष्ट्रिय अधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।

“Sports for Health, Sports for Nation” को मूल मन्त्र लिएर नेपाल क्रिकेट सङ्घले विश्वमा नै नेपाली क्रिकेट को एउटा अलग पहिचान बनाउन सफल भएको छ। यसका लागि खेलाडी सहित क्रिकेटमा संलग्न सबैलाई बधाई दिन चाहन्छु। क्रिकेटको आधिकारिक तथा नियामक निकायको रुपमा नेपाल क्रिकेट संघले आगामी दिनमा क्रिकेट खेलको विकास, विस्तार र सबलीकरणका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्नेछ, भन्ने विश्वास लिएको छु। नेपाली क्रिकेट टीमको बनोट हेर्दा यसमा सर्वाधिक चाखलाग्दो कुरा के छ भने, यसमा समावेशिता, देशको भूगोल सबै एकै पटक देख्न सकिन्छ ।या भनौँ क्रिकेटमा देशको मुहार हेर्न सकिन्छ। यो समावेशिता, यो विविधतामा एकता कानूनी रूपमा निर्दिष्ट गरिएको कुनै आरक्षण नभएर खेलप्रतिभाको स्वतःस्फूर्त प्रस्फुरणका कारण सम्भव भएको हो ।

यसर्थ, क्रिकेटले राष्ट्रियता र राष्ट्रप्रेम उजागर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको विषय जगजाहेर छ। T-20 किकेट विश्व कप र भर्खरै सम्पन्न एशिया कपमा विश्व क्रिक्रेटका अग्रपंक्तिमा रहेका राष्ट्रहरुसँगको खेलमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शन अत्यन्त प्रशंसनीय रहेको छ। हामीसँग थुप्रै सीमितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको यो किसिमको खेल कुशलता वास्तवमा नै गौरवयोग्य विषय हो। विशेष गरी खेलाडीहरु प्रशंसाका पात्र हुनुहुन्छ । तमाम चुनौतीहरुका वावजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गर्न यसका नियामक निकायमा अवान्छित हस्तक्षेप रोकिनु मात्र पर्याप्त हुँदैन ।

यसका साथै, क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ट लगानीको वातावरण समेत बनाउनु पर्छ । खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित एवं व्यावसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अगाडि बढ्नु आजको आवश्यकता हो। नेपाली टिमको औसत आयु हेर्दा यो विश्वका जवान टिम मध्ये एक हो। हाम्रो मुलुक यतिबेला जनसांख्यिक लाभांशमा छ। नेपाल युवाहरूको बाहुल्य भएको देश हो र थुप्रै क्रिकेट प्रेमी युवाहरु सुनौलो अवसरको आशामा क्रिकेट मार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर छन् । यसले देखाउँछ, क्रिकेटमा कति प्रतिस्पर्धा छ र टिममा छनोट भइराख्न मैदानमा खेल कौशल प्रदर्शन गर्नुको विकल्प छैन ।

नेपाली क्रिकेटको समुज्ज्वल भविष्यको कामना गर्दै नेपालमा क्रिकेटको विकास, विस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अगाडि बढाउने विषयमा नेपाल सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। विसं २०५५ सालमा म युवा, खेलकुद तथा संस्कृति मन्त्री हुँदाका केही महत्वपूर्ण परिघटनाहरु स्मरण गर्न चाहन्छु– सोही वर्ष नेपाल भ्रमण वर्षको अवसरमा नेपाल क्रिकेट संघको आयोजनामा एशियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार नेपाल लगायत एशियाका १२ राष्ट्रहरुको सहभागिता रहेको PEPSI ACC Trophy प्रतियोगिता आयोजनाको लागि युवा, खेलकुद तथा संस्कृति मन्त्रीको अध्यक्षतामा मुल आयोजक समिति गठन भई उक्त प्रतियोगिता सफलतापूर्वक आयोजना भएको स्मरण गर्दछु ।

राष्ट्रिय खेलकुद परिषदबाट परिषद अन्तर्गत पोखरा रंगशाला, भैरहवा रंगशाला, विरगंज रंगशाला र विराटनगरमा क्रिकेट खेल मैदान निर्माणका लागि जग्गा उपलब्ध भएको थियो । उक्त स्थानहरु मध्ये पोखरा, भैरहवा र विरगंजमा संघको पहलमा क्रिकेट खेल मैदान तयार गरी राष्ट्रिय स्तरको प्रतियोगिताहरु संचालन भईरहेको र विराटनगरमा क्रिकेट मैदान निर्माण कार्य सुरु गरिएको छ ।   साथै पछिल्ला वर्षहरुमा राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै गत जुनमा जिम्वाव्वेमा संचालन भएको ICC Men’s Cricket World Cup Qualifier प्रतियोगिता, हालै पाकिस्तान र श्रीलंकामा संचालन भएको एशिया कप प्रतियोगितामा उल्लेखनीय सहभागिता जनाउन सफल भएको विषय यहाँहरुलाई अवगत नै छ ।

त्यसैगरी, नेपाली महिला क्रिकेट टिमले सन् २००७ देखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको विषय सबैलाई जानकारी नै छ । यस परिप्रेक्ष्यमा यथेष्ट लगानी तथा घरेलु प्रतियोगिताहरुको आयोजना बढाउँदै अन्तर्राष्ट्रिय स्तरमा खेल तथा तालिमको अवसर दिन सकेको खण्डमा नेपालमा महिला क्रिकेटको विकास एवम् विस्तारको अथाह संभावना रहेको छ । यसर्थ, नेपाल सरकार र सम्बद्ध सबै संघसंस्था र खेलाहीहरु स्वयमले पनि नेपालको महिला क्रिकेट टिमलाई थप सशक्त र मजबुद तुल्याउन दीर्घकालिन योजना बनाई आजैका दिनदेखि हामी सबैले उच्च तदारुकताका साथ काम गर्नुपर्ने छ। यो हाम्रो साझा दायित्व हो ।

यस अवसरमा नेपाल सरकारद्बारा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा विजयी भए वापत घोषणा भएको पुरस्कार रकम समयमै निकासाको व्यवस्था हुन, राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट खेलको माध्यमबाट राष्ट्रको गौरव बढाउन तथा राष्ट्रको नयाँ पहिचान बनाउन, राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई विभिन्न सुविधा सहित विशेष व्यवस्था गर्न नेपाल सरकारको तर्फबाट पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। ICC को कार्यक्रम अनुसार यस संघको आयोजनामा नेपाल लगायत एशियाका ८ राष्ट्रहरुको सहभागिता रहने ICC Men’s T20 World Cup Asia Finals प्रतियोगिता यहि अक्टोवर २८ देखि नोभेम्वर ६ सम्म काठमाण्डौमा आयोजना गर्न लागिएको र ICC को कार्यक्रम अनुसार सन् २०२७ मा संचालन हुने महिला विश्वकप क्रिकेट प्रतियोगिता नेपाल र बङ्गलादेशमा संयुक्त रुपमा संचालन हुने कार्यक्रम रहेको छ । यो हाम्रा लागि हर्ष र गौरवको विषय हो।यसलाई सफल तुल्याउनको लागि हामी सबै एकताबद्ध भएर लाग्नुपर्दछ।

अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न खेल मैदान र भौतिक पुर्वाधार निर्माण भएको खण्डमा ICC, ACC बाट नियमित रुपमा नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजनाको अवसर प्राप्त हुन सक्दछ। यसबाट खेलकुद पर्यटनको विकासमा महत्वपुर्ण योगदान पुग्ने हुँदा नेपाल सरकारबाट त्रिभुवन विश्वविद्यालय स्थित क्रिकेट मैदान, मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशाला लगायत पोखरा, भैरहवा स्थित खेल मैदानहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गर्न र रंगशालाहरुको निर्माण एवं उक्त खेल मैदानहरु नियमित मर्मत संभारको लागि आवश्यक खेल मैदान सामाग्रीहरु रोलर, ग्राँस कटर, रोलर,पिच कभर, सुपर सोपर लगायतका सामाग्रीहरुको व्यवस्थाका लागि नेपाल सरकारबाट प्राथमिकताका साथ अग्रसरता लिईने कुरा यहाँहरु समक्ष राख्न चाहन्छु ।