१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कोरोना नियन्त्रणमा सरकार निकम्मा भयो (भिडियो सहित)

कोरोना नियन्त्रणमा सरकार निकम्मा भयो (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताउनुभएको छ । 

बुधबार नेकपा(एमाले) माधव समुहका नेताहरुको छलफल पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित गरको गतिविधिका विरुद्ध देशव्यापी रुपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफुहरुको अभियान जारी रहने बताउनुभएको हो । 

उहाँले भन्नुभयो – ‘उहाँले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा(एमाले)को विधान विपरित केन्द्रीय कमिटीलाई भंग गर्नुभो । कथित आयोजक कमिटी बनाउनु भो महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टिकरण सोध्ने यि जतिपनि गतिविधि गर्नुभएको छ यि स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन् । र यसको विरुद्धमा देशव्यापी रुपमा कार्यकर्तालाई नेकपा(एमाले)को सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि जुन अभियान चलाएका छौँ त्यो सफलताको साथ अघि बढिरहेको छ । हामीले यसलाई जारी राख्नुपर्छ । जबसम्म पार्टीको विधान मिच्ने केपी शर्मा ओलीजीका क्रियाकलाप बन्द हुँदैनन्, त्यसलाई सच्याइदैन तबसम्म हामी अघि बढ्नुपर्छ भन्ने कुरालाई पुर्नपुष्टि गरेका छौँ ।’

नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको बताउनुभयो । सरकारले प्रभावकारी काम गर्नको लागि आव्हान गर्ने निर्णय आफुहरुको भेलाले गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘सरकारले यस्तो अवस्थामा जुन प्रकारले प्रभावकारी पाइला चाल्नुपथ्र्यो, औषधि उपचार, स्वास्थ्यकर्मी लगायतका अरु काम गर्नुपथ्र्यो त्यसतर्फ सरकारले प्रभावकारी रुपमा काम गरेको पनि देखिएन् । सरकारले पनि यसमा प्रभावकारी रुपले काम गर्नुपर्छ भन्नेकुरामा पनि हामिले जोड दिदैँ त्यसका लागि आव्हान गर्ने निर्णय गरेका छौँ ।’

नेता रावलले अध्यक्ष ओलीले आफुहरुलाई कारबाही गर्ने भन्नेकुरा गलत भएको बताउनुभयो । नेपालको कानुन बमोजिम ओलीले आफुलाई कारबाहि गर्न नसक्ने उहाँको भनाई छ ।