२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डो–प्यासिफिक सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत जाँदै



अ+ अ-

काठमाडौँ । इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।

नयाँ दिल्लीमा आयोजना हुन लागेको तेह्रौँ संस्करणको इन्डो–प्यासिफिक आर्मिज् चिफ कन्फरेन्स (आईपीएसीसी) मा सहभागिताका लागि उनी असोज ७ गते भारत जान लागेका हुन् ।

असोज ८ गतेदेखि १० गतेस‌म्म सञ्चालन हुनलागेको सम्मेलनकै क्रममा आयोजना हुने ४७ औँ इन्डो-प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनारमा उपरथी योगराज शर्मा र महासेनानी वसन्त बहादुर गौतम सहभागी हुनेछन् । नवौँ सिनियर इनलिस्ट लिडर फोरममा सहभागी हुन सेना प्रमुख सुबेदार रत्‍न बहादुर थापा मगर पनि भ्रमण दलमा संलग्न रहनेछन् ।

गत भाद्र २३ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम नियमित रूपमा सञ्चालन हुँदै आएको सो सम्मेलनमा प्रधानसेनापति सहभागी हुनलागेको सेनाले स्पष्ट गरेको छ । भारत र संयुक्त राज्य अमेरिकाका सेनाह‌रूको सह-आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।




भर्खरै