१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आज निषेधाज्ञाको पहिलो दिन

आज निषेधाज्ञाको पहिलो दिन
अ अ+ अ-

काठमाडौं । आज निषेधाज्ञाको पहिलो दिन हो । कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि सरकारले आजबाट १० जिल्लामा पूर्ण र तीन जिल्लामाआंशिक निषेधाज्ञाको आदेश जारी गरेसंगै आजबाट निषेधाज्ञा शुरु भएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णयलाई आधार मान्दै स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार प्रजिअले निषेधाज्ञा लगाउने आदेश जारी गरेका हुन् । 

काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा छ । कास्कीमा पनि निषेधाज्ञा छ, सवारीसाधनमा जोर–विजोर प्रणाली लगाइएको छ । बर्दिया, बाग्लुङ, कालिकोट र बाग्लुङमा चाहिँ आंशिक निषेधाज्ञा जारि गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकसाता निषेधाज्ञाले मात्रै महामारीको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने समेत निर्णय गरिसकेको छ ।

के–के छ निषेध ?

जिल्लाअनुसार फरकफरक आदेश भएपछि अधिकांश सर्तहरु एकैकिसिमका छन् । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक सार्वजनिक, निजी सवारीसाधन बन्द गरिएपनि एम्बुलेन्स, शव वाहन, दमकल, प्रेसलगायतका गाडी चल्न पाउने भएका छन् । 

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।

यस्तै अत्यावश्यक कामबाहेक हिँडडुलमा कडाइ गर्ने निर्णय गरिएपनि खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। सिसिएमसीले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।

कहाँ–कहाँ कहिलेदेखि निषेधाज्ञा ? हेर्नुहोस् सूची

सि.नं                   जिल्ला/क्षेत्र                    समयावधि                       कैफियत
१.                         काठमाडौं           १६ गतेदेखि २२ गतेसम्म     
२.                         भक्तपुर             १६ गतेदेखि २२ गतेसम्म     
३.                        ललितपुर            १६ गतेदेखि २२ गतेसम्म     
४.                           बाँके               १३ गतेदेखि २० गतेसम्म     
५.                           दाङ               १७ गतेदेखि २५ गतेसम्म     
६.                         कैलाली             १६ गतेदेखि २२ गतेसम्म     
७.                        रुपन्देही             १६ गतेदेखि २९ गतेसम्म     
८.                          पर्सा                १६ गतेदेखि २२ गतेसम्म     
९.                        कास्की               १५ गतेदेखि २१ गतेसम्म               जोर–विजोर
१०.                       सुर्खेत                १५ गतेदेखि २१ गतेसम्म     
११.                        बर्दिया               १३ गतेदेखि २० गतेसम्म              आंशिक निषेधाज्ञा
१२.                        बाग्लुङ              ७ गतेदेखि १७ गतेसम्म              बाग्लुङ नपाको ३ वडामा मात्र
१३.                        कालिकोट           १० गतेदेखि १७ गतेसम्म          खाँडाचक्र नपा ११ मा मात्र