३ पुष २०८२, बिहीबार
,
Latest
न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोटका कारण ललितले एसियाली खेलकुद गुमाउने



अ+ अ-

काठमाडौं । हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो झड्का लागेको छ । नेपालका बायाँ हाते स्पिनर ललित नारायण राजवंशी घाइते भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहका अनुसार ललित बन्द प्रशिक्षणका दौरान घाइते भएका हुन् । बुधबार फिल्डिङ गर्नेक्रममा टियु क्रिकेट मैदानमा ललितको राइट क्लाभिकल फ्राक्चर भएको छ । ललितको आज नै बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिदैछ । उनी ६ देखी १२ हप्ता सम्म मैदान बाहिर रहने बताईएको छ । यो सँगै ललितले १९ औं एसियाली खेलकुद गुमाउने भएका छन् ।

१९ औं एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बर देखी ८ अक्टोबर सम्म चीनमा हुँदैछ । प्रतियोगिताको परिवर्तित खेल तलिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसँगै माल्दिभ्स र मंगोलिया छन् । नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ।

प्रतियोगितामा पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले भने सिधैं क्वाटरफाइनल खेल्नेछन् । समूह ए, बी र सी बाट विजेता टोली क्वाटरफाइनलमा यी पाँच टेस्ट टोलीसँग अन्तिम आठमा भिड्नेछन्।

नेपाललाई ओडिआई मान्यता निरन्तरता गराउन र एसिया कपमा पुयाउन ललितको निकै महत्वपूर्ण योगदान रहेको थियो । ललितले नेपालको लागि २३ ओडिआईमा २८ र १२ टि–२० आईमा १० विकेट लिएका छन् ।