३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आर्सनलको सुखद सुरुवात



अ+ अ-

इङलिस प्रिमियर लिगमा प्रभावशाली खेल प्रदर्शन गरिरहेको आर्सनलले च्याम्पियन्स लिगको खेलमा पिएसभी आइन्डहोभनलाई एकपक्षीय दबाबमा राखेर प्रभावशाली जित हासिल गरेको छ ।

घरेलु मैदान एमिरेट्समा बुधबार राति भएको खेलमा आर्सनल ४-० ले विजयी भएको हो । आर्सनलको जितमा मध्यान्तरअघि नै पिएसभीको नेटमा तीन गोल भएको थियो ।

फर्ममा रहेका आर्सनलका फर्वार्ड बुकायो साकाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । लियोन्ड्रो ट्रोसार्डले २०औं मिनेटमा दोस्रो तथा गाब्रीएल जेससले ३८औं मिनेटमा तेस्रो गोल गरेका थिए ।

कप्तानीको जिम्मेवारी पाएका मार्टिन ओडेगार्डले ७०औं मिनेटमा आर्सनलको लागि चौथो गोल गरेर जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै आर्सनलले समूह ख बाट ३ अंक हासिल गरेको छ ।

अर्को खेलमा स्पेनिस क्लब सेभिया र फ्रेन्च क्लब लेन्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यस समूहमा आर्सनल सहित पिएसभी आइन्डहोभन, सेभिया र लेन्स रहेका छन् ।