४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आर्सनलको सुखद सुरुवात



अ+ अ-

इङलिस प्रिमियर लिगमा प्रभावशाली खेल प्रदर्शन गरिरहेको आर्सनलले च्याम्पियन्स लिगको खेलमा पिएसभी आइन्डहोभनलाई एकपक्षीय दबाबमा राखेर प्रभावशाली जित हासिल गरेको छ ।

घरेलु मैदान एमिरेट्समा बुधबार राति भएको खेलमा आर्सनल ४-० ले विजयी भएको हो । आर्सनलको जितमा मध्यान्तरअघि नै पिएसभीको नेटमा तीन गोल भएको थियो ।

फर्ममा रहेका आर्सनलका फर्वार्ड बुकायो साकाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । लियोन्ड्रो ट्रोसार्डले २०औं मिनेटमा दोस्रो तथा गाब्रीएल जेससले ३८औं मिनेटमा तेस्रो गोल गरेका थिए ।

कप्तानीको जिम्मेवारी पाएका मार्टिन ओडेगार्डले ७०औं मिनेटमा आर्सनलको लागि चौथो गोल गरेर जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै आर्सनलले समूह ख बाट ३ अंक हासिल गरेको छ ।

अर्को खेलमा स्पेनिस क्लब सेभिया र फ्रेन्च क्लब लेन्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यस समूहमा आर्सनल सहित पिएसभी आइन्डहोभन, सेभिया र लेन्स रहेका छन् ।