३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: एलिएन्ज एरेनामा युनाइटेडको हार, बायर्नको प्रभावशाली जित



अ+ अ-

युरोपेली च्याम्पियन्स लिग अन्तर्गतको खेलमा जर्मनीको बुन्डेसलिगमा गत सिजनको लिग लिडर क्लब बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ । बायर्नको घरेलु मैदान एलिएन्ज एरेनामा भएको रोमाञ्चक खेलमा बायर्नले युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

मध्यान्तरअघि बायर्नका लरेय सानेले २८औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । लगत्तै ३२औं मिनेटमा बायर्नकै सर्ज जीनाब्रीले गोल गर्दै मध्यान्तरसम्ममा बायर्नको अग्रता दोब्बर पारेर खेललाई आफ्नो पकडमा ल्याएका थिए ।

खेल एक पक्षीय हुने अनुमानबीच ४९औं मिनेटमा युनाइटेडमा यसै सिजनमा आबद्ध भएका रासमस होलमन्डले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, लगत्तै ५४औं मिनेटमा यसै सिजन टोटेनह्यामबाट बायर्न पुगेका ह्यारी केनले पेनाल्टीमा गोल गरेपछि बायर्नले ३-१ को अग्रता बनायो ।युनाइटेडका लागि ८८औं मिनेटमा कासेमिरोले गोल गर्दै गोल अन्तर कम पारे ।

त्यसपछि पनि खेलमा उतारचढाव आइरह्यो । अतिरिक्त इन्जुरी टाइममा दुवै टिमले गोल गरे । इन्जुरी टाइमको दोस्रो मिनेटमा बायर्नका माथिस टेलले गोल गर्दै वायर्नलाई ४-२ को अग्रता दिलाए । इन्जुरी टाइमको पाँचौ मिनेटमा युनाइटेडका कासेमिरोले व्यक्तिगत दोस्रो गोल गरे तर युनाइटेडको हार टार्न यो पर्याप्त भएन ।

जितसँगै समूह ए मा बायर्नले ३ अंक जोडेको छ । यो समूहमा चार वटा टिम रहेका छन् । बायर्न र युनाइटेड बाहेक कोपेनहेगन र गालातासरे पनि यही समूहमा छन् । कोपेनहेगन र गालातासारेबीचको खेल बराबरी भएका कारण दुवैले समान एक एक अंक बाँडेका छन् भने युनाइटेडको ० अंक छ ।

यद्यपी समूह चरणका धेरै खेल अझै बाँकी छन् ।