५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: एलिएन्ज एरेनामा युनाइटेडको हार, बायर्नको प्रभावशाली जित



अ+ अ-

युरोपेली च्याम्पियन्स लिग अन्तर्गतको खेलमा जर्मनीको बुन्डेसलिगमा गत सिजनको लिग लिडर क्लब बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ । बायर्नको घरेलु मैदान एलिएन्ज एरेनामा भएको रोमाञ्चक खेलमा बायर्नले युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

मध्यान्तरअघि बायर्नका लरेय सानेले २८औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । लगत्तै ३२औं मिनेटमा बायर्नकै सर्ज जीनाब्रीले गोल गर्दै मध्यान्तरसम्ममा बायर्नको अग्रता दोब्बर पारेर खेललाई आफ्नो पकडमा ल्याएका थिए ।

खेल एक पक्षीय हुने अनुमानबीच ४९औं मिनेटमा युनाइटेडमा यसै सिजनमा आबद्ध भएका रासमस होलमन्डले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, लगत्तै ५४औं मिनेटमा यसै सिजन टोटेनह्यामबाट बायर्न पुगेका ह्यारी केनले पेनाल्टीमा गोल गरेपछि बायर्नले ३-१ को अग्रता बनायो ।युनाइटेडका लागि ८८औं मिनेटमा कासेमिरोले गोल गर्दै गोल अन्तर कम पारे ।

त्यसपछि पनि खेलमा उतारचढाव आइरह्यो । अतिरिक्त इन्जुरी टाइममा दुवै टिमले गोल गरे । इन्जुरी टाइमको दोस्रो मिनेटमा बायर्नका माथिस टेलले गोल गर्दै वायर्नलाई ४-२ को अग्रता दिलाए । इन्जुरी टाइमको पाँचौ मिनेटमा युनाइटेडका कासेमिरोले व्यक्तिगत दोस्रो गोल गरे तर युनाइटेडको हार टार्न यो पर्याप्त भएन ।

जितसँगै समूह ए मा बायर्नले ३ अंक जोडेको छ । यो समूहमा चार वटा टिम रहेका छन् । बायर्न र युनाइटेड बाहेक कोपेनहेगन र गालातासरे पनि यही समूहमा छन् । कोपेनहेगन र गालातासारेबीचको खेल बराबरी भएका कारण दुवैले समान एक एक अंक बाँडेका छन् भने युनाइटेडको ० अंक छ ।

यद्यपी समूह चरणका धेरै खेल अझै बाँकी छन् ।