५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि
अ+ अ-

कास्की । पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१६ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा भदौ २९ देखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको पुलिस क्लबमाथि कठिन जित निकाल्दै घरेलु टोली गण्डकीले उपाधि जितेको हो ।

गण्डकीले विभागीय टोली नेपाल पुलिसलाई ३–२ सेटमा हराएको हो । उपाधि विजेता गण्डकीले रु एक लाख ५० हजार एक सय ११, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । गत वर्ष पनि यी दुवै टोली फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार आधा÷आधा बाँडेर लिएका थिए । सोमबार फाइनल खेल सुरु भए पनि अँध्यारोका कारण खेल रोकिएको थियो ।

फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमाउन पुग्यो । गण्डकी दोस्रो सेट २५–१९ अङ्कले जितेर बराबरी खेल्यो । तेस्रो सेट पुलिसले २५–२१ मा जिते पनि त्यसपछिका दुई सेट लगातार पराजित हुन पुग्यो । प्रतिस्पर्धात्मक खेलको चौथो सेट गण्डकीले २८–२६ मा जित्यो भने अन्तिम सेट १५–११ अङ्कले प्रहरीलाई निरास बनायो ।

प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको पुलिसले रु एक लाख एक सय ११ पुरस्कार पायो । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले तृतीय हुँदै रु ५० हजार पुरस्कार पायो । प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै गण्डकीका हरि पाण्डे (बेस्ट ब्लकर), किरण गुरुङ (बेस्ट स्पाइकर) र रमेश केसी (बेस्ट कोच) घोषित हुनुभयो ।

पुलिसका कुलबहादुर थापा (बेस्ट सर्भर), अभिषेक थापा (बेस्ट सेटर) र भीम गाहा ९बेस्ट लिबेरो० घोषित भएको प्रतियोगिताका रेफ्री टहलसिंह थापाले जानकारी दिनुभयो ।

महिलातर्फ भने विभागीय नेपाल पुलिस क्लबले सोमबार उपाधि जितेको थियो । प्रहरीले फाइनलमा काठमाडौँको न्यूू डायमण्डलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो । नवआदर्श सामुदायिक विकास समाजले हरितालिका तीज पर्वका अवसरमा २५औँ संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत १०औँ संस्करणको लामाचौर कप राष्ट्रिय भलिबल आयोजना गरेको हो । राष्ट्रिय भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यू डायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले सहभागिता जनाएका थिए । पुरुषतर्फ गण्डकी प्रदेश, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, मणिमुकुन्द क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।