१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस्: पूर्वअध्यक्ष रेग्मी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

नवौँ संविधान दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उहाँँले संविधानको व्यावहारिक कार्यान्वयनलाई छिटो पूर्णता दिँदै लोकतन्त्रको प्रतिफल जनसमक्ष पुर्‍याउनु नै अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “ढिलो गर्ने छुट कति पनि छैन । तसर्थ, समस्या देखाएर होइन समाधान दिएर परिणाममुखी काम गर्न सके मात्र संविधानको मर्म र भावनाअनुरुप अघि बढिएको ठहर्छ ।” जनअपेक्षाअनुरुप परिणाममा संविधानको उद्देश्य प्रतिबिम्बित हुने कार्य सबैलाई आग्रह गर्दै उहाँले संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्न सुझाव दिनुभयो ।

ऐतिहासिक सङ्घर्ष र आन्दोलनबाट भत्किँदै तथा फेरिँदै वर्तमान लोकतान्त्रिक संविधानको प्राप्ति र कार्यान्वयनमा आएको घटना स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “हामी समीक्षा गरौँ आठ वर्षमा जनताको आकाङ्क्षा र संविधानको भावनाअनुसार कति काम गर्न सक्यौँ र कति अगाडि बढ्न सक्यौँ ?”

पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभयो, “संवैधानिक अभ्यासमा त्रुटिको कुरा राज्यका उच्च निकायलाई अदालतले पटक–पटक किन सम्झाउनु परिरहेछ ? लेखाजोखा गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।”

सामाजिक मर्यादा भङ्ग हुने र स्व-अनुशासन भत्काउन उद्यत प्रवृत्तिले लोकतन्त्र, न्यायपूर्ण समाज, सामाजिक सद्भाव सुदृढ होला ? भनी प्रश्न गर्दै उहाँले शान्ति द्वन्द्वकालीन मुद्दाको १७ वर्षसम्म समाधान नहुँदा समाजमा द्वन्द्व र सङ्घर्षलाई सम्झाउने काम गरिरहेको बताउनुभयो ।

पूर्वअध्यक्ष रेग्मीले संविधान कार्यान्वयनका लागि बनाइनुपर्ने कतिपय कानुन अझ निर्माण हुन बाँकी रहेको तथा सङ्घीयताको कार्यान्वयनमा गर्नुपर्ने काम समेत प्रसस्तै बाँकी रहेको बारे सरोकारवाला पक्षको ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधान दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुखद भविष्यका लागि शुभकामना दिनुभयो । रासस