• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस्

धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’



काठमाडौँ । काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउने कार्य जारी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार भोलिदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’ लगाउने कार्य जारी छ ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सम्बन्धित जिल्लाका सडक डिभिजन कार्यालयमार्फत डेडिकेटेड लेनका लागि रेड मार्क बनाउने कार्य भइरहेको बताउनुभयो । विभिन्न चोक तथा घुम्तीहरुमा सोही अनुसारको मार्क लगाउने कार्य जारी छ । उहाँले दिउँसो भीडभाड हुने भएकाले धेरै काम राति भइरहेको पनि जानकारी दिनुभयो । केही ठाउँमा दिउँसो पनि काम भइरहेको छ । अहिले रत्नपार्क, माइतीघर, बानेश्वरलगायत क्षेत्रमा रेड मार्क गरिसकिएको छ ।

सरकारले भोलि संविधान दिवसको दिन पारेर उक्त द्रुत बस सेवा दिन लागेको हो । सुरुमा दुईवटा बस चल्ने जनाइएको छ । भोलि रत्नपार्कमा सेवा उद्घाटन गर्ने तयारी रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनुभयो । द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा ल्याउने योजना छ । उक्त सेवाका लागि ट्राफिक प्रहरीहरु परिचालन गरेर लेन खाली गरिने छ  । उक्त लेनमा अन्य गाडी रोक्नु हुँदैन, द्रुत सेवाका लागि बाटो छाड्न पर्छ भन्ने सङ्केत पनि दिइने उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले अब बसको ओहोरदोहोरमा व्यवस्थापन गर्न उक्त लेनमा अन्य सवारी चल्न नदिने भएको छ । द्रत हुनका लागि सहयोग पनि गरिने प्रहरी वरिष्ठ उपरीक्षक भटृले बताउनुभयो ।रासस