५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छः ओली

प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छः ओली
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीले देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने समेत बताउनु भयो । मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले धरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको पनि स्पष्ट पार्नुभयो ।

ओलीले संविधान निर्माणमा नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उहाँको स्मरणमा आफ्नो पार्टीले ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘हामी संविधान दिवस पनि मनाईरहेका छौं । र, जुन संविधान बनाउँदा संविधान बनाउने संविधान सभाको अध्यक्ष सुवाषचन्द्र नेम्वाङजी हुनुहुन्छ । यसपल्ट दुखद् कुरा हो । यस अगाडिका संविधान दिवसहरु हामी उहाँको उपस्थितिमा मनाइरहेका थियौं । चाहे सरकारी तवर होस, चाहे गैरसरकारी तवरमा होस् । हामीले सधैँ मनाइरहेका छौं । र, उहाँको उपस्थिति हुने गर्दथ्यो ।

यसपल्ट उहाँको उपस्थिति नभएर सुवाष नेम्वाङ र संविधान भनेर संविधानमा सुवाष नेम्वाङको पदचिन्ह के छ , उहाँको कन्ट्रिब्युशन के छ ? उहाँका चिन्हहरु के छ ? उहाँले दिनु भएको दिशा निर्देश, गोरेटको के छ ? उहाँका योगदानका पत्रहरु के छन् ? ती विषयहरुमा हामी छलफल गर्छौैं, गरिरहेका छौं । थुप्रै साथीहरुले विचार राखिसक्नुभएको छ । अरु पक्षहरुमा म जान चाहन्न । आज संविधानको सन्दर्भमा, सुवाषचन्द्र नेम्वाङजीको सन्दर्भमा, उहाँका योगदानको सन्दर्भमा मात्रै केन्द्रित भएर चर्चा गर्न चाहन्छु । त्यसर्थ म अहिले अरु विषयहरुतिर जान चाहिन ।

अरु विभिन्न सन्दर्भमाहरु आइहाल्छन् । त्यसमा चर्चा गरौँला । मलाई के लाग्छ भने आज देश जहाँ पुगेको छ । यतिबेला सबैले गम्भिर भएर सोच्नपर्ने अवस्था, साँच्चै गम्भिर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ । आज सबै पार्टी, सबै पक्षहरु मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्रभने धरै प्रकारका खतराहरुबाट हामी जेलिदैछौं । त्यो गम्भिर परिस्थिति छ । त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरुको कर्तव्य हो यो ।

प्रमुख राजनीतिक दलहरु जिम्मा, जमानी बसेर धेरै आन्दोलन भएका छन । जिम्मा, जमानी बसेर धेरै बलिदान भएको छ । जिम्मा, जमानी बसेर धेरैका घरबार, परिवार उजाड भएका छन । प्रमुख राजनीतिक दलहरुको आह्वानमा धेरैले जीवन आहूति गरेका छन् । धेरैको क्षति भएको छ । धेरै ठूलो हिसाव गर्न नसकिने क्षति हामीले व्यहोरेर यो ठाउँमा आइपुगेका छौं । यी आजको उपलब्धिहरु जे छन् । यी यतिकै होइन आकाशबाट आएका होइनन् । यी बलिदानसँग, जीवनसँग, रगत र पसिनासँग, आँशु, कठिनाईहरुसँग जुधेर यहाँ ल्याई पुर्याएका छौं ।

यसलाई गुम्न दिन सकिँदैन, यसलाई गुम्न दिन हुँदैन । अब शब्द खेलाएर केही पनि हुँदैन । साँच्चै देशका प्रति, प्रमुख राजनीतिक दलहरु जिम्मेवार हुनुपर्छ । र, सुवाष नेम्वाङ र संविधानको कुरा गर्दा म भन्न चाहन्छु–जसले संविधान निर्माण गर्याे, जसले संविधान निर्माणको अगुवाई गर्यो, उहाँ त हुनुहुन्न । अब अरुत छौँ नि संविधान निर्माण गर्नेहरु । उहाँको योगदानको सम्मान र प्रशंशा गर्दै ती उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नुपने बेला आएको छ । सबैमा चेतना भया । तर नेकपा एमाले प्रतिवद्ध छ । यी उद्देश्यहरुलाई तलमाथि हुन नदिन, समृद्ध नेपालः सुखी नेपालको गन्तव्यमा मुलुकलाई पुर्याई छोडन एमाले प्रतिवद्ध छ ।’

अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गर्नुभयो ।