५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुक्योः पूर्वप्रधानमन्त्री खनाल

संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुक्योः पूर्वप्रधानमन्त्री खनाल
file photo
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताउनुभएको छ ।

मंगलवार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा भने हुन नसकेको जिकिर गर्नुभयो । उहाँले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पार्नुभयो ।

उहाँले संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको बताउनु भयो । उहाँले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान बनेको ७ वर्ष हुनलाग्यो, बिस्तारै एक दशक हुन्छ । तर संविधान जुन ढंगको हामीले बनाएका छाँै । त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया छ त्यसमा भने हामी संविधान बनाउँदा जति सचेत थियौँ । यसलाई कार्यान्वयन गर्न त्यति सचेत गर्न सकेका छैनौँ । संविधानको धारा ३ पढ्नुस्, नेपालको विशेषताको बारेमा हामीले राम्रो ढंगले परिभाषित गरेका छौँ । नेपाल एउटा बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देश हो । तर त्यसको मर्म र भावनाको बारेमा देशका सबै जातिका जनतालाई राम्रोसँग बुझाउन सकेका छैनौँ । त्यसले गर्दा अहिले पनि विविध खालका सेन्टीमेण्टहरु उम्लिन खोजिरहेका छन् ।

पूर्वाञ्चल त्यसकै प्रभाव हो । धरानमा भएको निषेधाज्ञा त्यसकै प्रभाव हो । यसैले हामीले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न सकेका छैनौँ । यो देशको नेतृत्व पछि छ । यी कमजोरीलाई समाधान गर्नुपर्छ । ३१ वटा मौलिक हक पारित गरेका छौँ । त्यसलाई ३ वर्षभित्रमा कानून बनाएर लागू गर्नुपर्छ, त्यही संविधानले घोषणा गरेको हो, अहिले ७ वर्ष भयो ? खै कानून बनेको ? यो नेतृत्वको पहलमा कमी हो । संविधान राम्रो बनाएर मात्रै हुँदैन, यसलाई कार्यान्वयन गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले देशको राजनीति दिशाहीन भएको बताउनु भयो । उहाँले राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा संकटहरु बढ्दै गएको बताउनु भयो । उहाँले देशका वामपन्थीहरु मेलमिलाप भएमात्रै स्व.सुवासचन्द्र नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।