५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, संगठनको नाम फेर्ने तयारी

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा, संगठनको नाम फेर्ने तयारी
अ+ अ-

काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को केन्द्रीय समिति बैठकले २३ औं राष्ट्रिय सम्मेलन आगामी माघमा गर्ने निर्णय गरेको छ ।

अखिल (क्रान्तिकारी) ले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिको सातौं पूर्णबैठकको निर्णय सार्वजनिक गरेको हो । राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने बताइएको छ ।

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनको नारा ‘राष्ट्रिय स्वाधीनता र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन ! समाजवाद र समाजवादी शिक्षाका लागि २३ औं राष्ट्रिय सम्मेलन !!’ रहेको छ ।

राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरु गठन गर्दै अखिल (क्रान्तिकारीले वर्तमान केन्द्रीय समितिलाई २३औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा परिणत गरेको छ ।
राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरुमा विधान तथा प्रतिवेदन लेखन, आर्थिक, व्यवस्थापन, संस्कृति तथा कला, अतिथि व्यवस्थापन, प्रचारप्रचार, विद्यार्थी परिचालन तथा संयमसेवक, स्वास्थ्य तथा आपतकालीन उद्धार रहेका छन् । ती उपसमितिका प्रमुख र सदस्यहरुसमेत टुंगो लागिसकेको छ ।

केन्द्रीय समितिको सातौं पूर्ण बैठकले २३ औं राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गर्ने र यसबारे सुझाव संकलन गर्ने निर्णय पनि गरेको छ । माओवादीको विद्यार्थी संगठनसँग नाम जुद्दा नराम्रो कामको अपजस लिनुपरेको र आफूहरुले गरेको राम्रो कामको जस माओवादीको संगठनले लिएकाले नाम फेर्न लागिएको नरेन्द्र सिले बताए ।

२३औं राष्ट्रिय सम्मेलन केन्द्रित संगठन निर्माणका लागि सदस्यता वितरण, त्रिविका आंगिक र अन्य विश्वविद्यालयहरुका केन्द्रीय र महत्वपूर्ण क्याम्पसको इकाई सम्मेलन, विश्वविद्यालयका सम्मेलन र भौगोलिक जिल्लाका भेला सम्मेलनहरू तीब्र गतिमा सम्पन्न गर्ने निर्णयसमेत भएको छ ।

साथै, बैठकले हालै संसद्मा दर्ता भएको शिक्षा विधेयक २०८० ले शिक्षामा नवउद्धारवादी नीतिको पक्षपोषण गरेका अखिल (क्रान्तिकारी) ले निष्कर्ष निकालेको छ । उक्त विधेयकले शिक्षामा निजीकरण र व्यपारीकरणलाई वैधता दिएको अखिल (क्रान्तिकारी) को बुझाइ छ ।

शिक्षा विधेयक संविधानले कल्पना गरेको समाजवाद उन्मुख देश र अनिवार्य तथा निः शुल्क शिक्षाको हकका विरुद्धमा रहेको भन्दै अखिल (क्रान्तिकारी) ले देशव्यापी संघर्ष गर्ने निर्णय गरेको छ । शिक्षा विधेयकबारे अखिल (क्रान्तिकारी) ले आगामी असोज ७ गते काठमाडौंमा वृहत अन्तरक्रिया गर्ने बताइएको छ ।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले केन्द्रीय समिति बैठकमा नेपालको वर्तमान राजनीतिक प्रणाली र विद्यार्थी आन्दोलनका बारेमा महत्वपूर्ण निर्णयहरु गरिएको बताए । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले २३औं राष्ट्रिय सम्मेलनमा संगठनको नाम परिवर्तन हुनसक्ने बताए ।

‘संगठनको नामका विषयमा पनि यो सम्मेलनमा छलफल गर्ने छौं । पछिल्लो समय माओवादी आन्दोलनमा देखिएको समस्या र पार्टीहरुको भातृ संगठनको नाम एउटै हुँदैगर्दा कतिपय हाम्रा संगठनले गरेको राम्रा कामहरु पनि सोलोडोलोमा हाल्ने र त्यसको गलत मूल्याङकन गर्ने परम्परा देखिएको छ ।’ उनले भने, ‘हाम्रो आफ्नै पहिचान स्थापित गर्ने कार्यभार हाम्रो समक्ष छ । त्यसैले २३औं राष्ट्रिय सम्मेलनबाट संगठनको नयाँ नाम राख्ने सोचिरहेका छौं ।’

संगठनको नामको सन्दर्भमा देशभर अध्ययनरत विद्यार्थीहरुले सल्लाह दिन सक्ने उनले बताए । उनले नेपालको पछिल्लो विद्यार्थी आन्दोलन सत्ता पक्षीयजस्तो देखिएको बताए । नेपालमा पछिल्लो समय स्वाधीनताको लडाईँ पेचिलो बन्दै गएको बताउँदै उनले राष्ट्रिय सम्मेलनमा यस बारेपनि व्यापक छलफल हुने बताए । राष्ट्रिय सम्मेलनमा युवा पलायनताको बारेमा पनि वृहत छलफल हुने उनको भनाई छ ।

अहिले संसद्मा दर्ता भएको शिक्षा विधेयक लहैलहैमा आएको उनको भनाई छ । यो विधेयक पास गरेर बेलगाम शिक्षामा व्यापार हुने, धार्मिक व्यापार फस्टाउने उनले बताए । शिक्षालाई प्रविधि मैत्री र प्राविधिक बनाउन पर्नेमा यो विधेयक कर्मकाण्डी भएको उनको टिप्पणी छ ।

अर्का वक्ता ललित सीले अहिलेको शिक्षा विधेयकले निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरेको बताए । अहिले शिक्षा क्षेत्र कहिले पनि घाटा नहुने व्यापार बनिरहेको अवस्थामा यसलाई विधेयकले थप प्रोत्साहन दिएको उनको भनाइ छ ।

विधेयकमार्फत शिक्षा क्षेत्रलाई गिजोल्ने काम भएको उनको आरोप छ । विद्यार्थी पलायन रोक्न र गुणस्तरीय शिक्षा प्रदान गर्न योजना तर्जुमा हुन पर्नेमा त्यो हुन नसकेको उनले बताए । ललित सीले अहिलेको शिक्षा विधेयक पूर्ण रुपमा खारेजभागी रहेको बताए ।