८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भारतले क्यानडाको भूमिमा हत्या गरेको जस्टिन ट्रुडोको आरोप

भारतले क्यानडाको भूमिमा हत्या गरेको जस्टिन ट्रुडोको आरोप
अ+ अ-

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारत सरकारका एजेन्टहरूले जुनमा ब्रिटिश कोलम्बियामा सिख समुदायका नेताको हत्या गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ट्रुडोको उक्त आरोपसँगै दुई देशबीचको सम्बन्ध चिसिने सम्भावना बढेको छ । हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नताबारे यस महिनाको सुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीधै समूहको २० शिखर सम्मेलनमा प्रश्न उठाएको बताए। उनका अनुसार यो आरोप क्यानडा सरकारले सङ्कलन गरेको गुप्तचरमा आधारित छ ।

“क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा कुनै पनि विदेशी सरकारको संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो”, प्रधानमन्त्री ट्रूडोले सांसदहरूलाई भने। उनले सिख पृथकतावादको वकालत गर्ने निज्जरको हत्याको अनुसन्धानमा सहयोग गर्न क्यानडाले भारतलाई दबाब दिने बताए। विदेशमन्त्री मेलानी जोलीले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको जानकारी दिइन् । उनका अनुसार ती कूटनीतिज्ञ क्यानडामा भारतको गुप्तचर एजेन्सीको प्रमुख हुन् ।

भारतको विदेश मन्त्रालयले मंगलबार बिहान क्यानाडाको आरोपलाई ‘तर्कहीन’ र राजनीतिक रूपमा प्रेरित भन्दै अस्वीकार गरेको छ । क्यानाडाले लामो समयदेखि भारतको सुरक्षालाई खतरामा पार्ने ‘खालिस्तानी आतंकवादी र चरमपन्थी’ लाई आश्रय दिएको विदेशमन्त्रालयले जनाएको छ । खालिस्तानलाई सिख पृथकतावादीहरूले उनीहरूले बनाउन चाहेको स्वतन्त्र राज्य भन्छन्। भारतीय विदेश मन्त्रालयका अनुसार क्यानाडाली प्रधानमन्त्री ट्रुडोले लगाएको आरोपलाई प्रधानमन्त्री मोदीले ठाडै अस्वीकार गरेका थिए ।

“हामी क्यानाडा सरकारलाई आफ्नो भूमिबाट सञ्चालन गर्ने सबै भारतविरोधी तत्वहरू विरुद्ध तुरुन्त र प्रभावकारी कानूनी कारबाही गर्न आग्रह गर्दछौँ”, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । उसले भारतस्थित क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको बताएको छ । क्यानडामा भएको राजनीतिक हत्यामा भारत सरकार संलग्न रहेको आरोपले दुई देशबीचको सम्बन्ध थप बिग्रने सम्भावना छ । यसै महिनाको सुरुमा हत्याको आरोपका कारण क्यानडाले भारतसँगको व्यापार सम्झौतामा वार्तालाई निलम्बन गरेको थियो । जी२० सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले औपचारिक द्विपक्षीय बैठक गर्ने देशहरुको सूचीबाट क्यानाडालाई हटाएका थिए ।

क्यानाडाली प्रधानमन्त्री ट्रुडोका अनुसार कूल जनसंख्याको ४ प्रतिशत हिस्सा भएको भारतीय मूलका धेरै क्यानाडालीहरू निज्जरको हत्याबाट आक्रोशित थिए र केही अवस्थामा उनीहरुलाई आफ्नो व्यक्तिगत सुरक्षाको डर रहेको छ । लगभग १४ लाख क्यानेडियनहरू भारतीय मूलका छन् र तीमध्ये धेरै सिखहरू छन् ।

क्यानाडामा विपक्षी न्यू डेमोक्र्याटिक पार्टीका नेता जगमीत सिंह पनि सिख समुदायकै हुन् । ४५ वर्षीय निज्जरलाई ब्रिटिस कोलम्बियाको सरेमा रहेको सिख मन्दिर नजिकै गोली प्रहार गरिएको थियो । जुनमा एक पत्रकार सम्मेलनमा रोयल क्यानेडियन माउन्टेड पुलिसका अन्वेषकहरूले निज्जरलाई मुखुन्डोधारी मानिसहरूले आक्रमण गरेको बताएका थिए ।

एजेन्सीको सहयोगमा