१९ पुष २०८१, शुक्रबार
,
Latest
बुर्तिबाङ अस्पताल: झुपडीदेखि ५० शय्याको अस्पतालसम्म विनाअक्सिजन ८ हजार मिटर अग्ला हिमालको आरोहण गरेका मिङ्मालाई विमानस्थलमा भव्य स्वागत सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला  निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान एलिट कपः आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा सिड्नी टेस्टः भारत १८५ रनमा अलआउट ठगीमा मुछिएपछि लेखा समितिका सभापतिले गरे स्वकीय सचिवलाई बर्खास्त एकैदिन दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने प्रचण्डलक्षित अर्जुननरसिंह केसीको टिप्पणीः ओठे भक्तिको प्रदर्शनले देश बन्दैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप फाइनलमा बनेका १५ रेकर्डहरु



अ+ अ-

एजेन्सी । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले आठौं पटक एसिया कपको उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाको टोली ५० रनमा अलआउट भएको थियो । यो भारत विरुद्धको कुनै पनि टोलीको एकदिवसीय क्रिकेटको सबैभन्दा सानो स्कोर हो । मोहम्मद सिराजले २१ रन दिएर ६ विकेट लिए ।

यो एसिया कप फाइनलमा कुनै पनि खेलाडीको उत्कृष्ट बलिङ फिगर हो । यी र यस्ता रेकर्डहरु उक्त फाइनलमा धेरै बने । जसबारे यहाँ चर्चा गरौँ ।

१.एसिया कपमा भारतीय खेलाडीको उत्कृष्ट बलिङ
मोहम्मद सिराजले ७ ओभरमा २१ रन दिएर ६ विकेट लिए । उनले एक ओभर मेडेन पनि गरे । यो एसिया कपको इतिहासमा कुनै पनि भारतीयको उत्कृष्ट बलिङ हो। उनीअघि अफ स्पिनर अरशद अयुबले सन् १९८८ मा पाकिस्तानविरुद्ध २१ रन दिएर ५ विकेट लिएका थिए । बलर कुलदीप यादवले पनि यही एसिया कपमा पाकिस्तानविरुद्ध २५ रन दिएर ५ विकेट लिएका थिए ।

२. श्रीलंका विरुद्धको उत्कृष्ट बलिङ
श्रीलंकाविरुद्धको उत्कृष्ट बलिङको कीर्तिमान मोहम्मद सिराजले बनाए । उनले पाकिस्तानका वकार युनुसको कीर्तिमान तोडे । वकारले सन् १९९० मा शारजाह मैदानमा २६ रन दिएर ६ विकेट लिएका थिए ।

सिराज श्रीलंकाविरुद्ध ६ विकेट लिने दोस्रो भारतीय बने । यसअघि आशिष नेहराले सन् २००५ मा ५९ रनमा ६ विकेट लिएका थिए । कोलम्बोको मैदानमा भएको इन्डियन आयल कपको फाइनलमा उनले सो प्रदर्शन गरेका थिए ।

३. एशिया कप फाइनलमा दोस्रो उत्कृष्ट बलिङ
मोहम्मद सिराज एसिया कपको फाइनलमा ६ विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि श्रीलंकाका अजन्था मेन्डिसले सन् २००८ मा भारतविरुद्ध १३ रनमा ६ विकेट लिएका थिए । सिराजले एकदिवसीय ढाँचामा कुनै पनि प्रतियोगिताको फाइनलमा चौथो उत्कृष्ट बलिङ गरे । यसअघि पाकिस्तानका आकिब जावेदले सन् १९९१ मा भारतविरुद्ध ३७ रनमा ७ विकेट लिएका थिए । उनीपछि अनिल कुम्बलेले १२ रन र अजन्था मेन्डिसले १३ रनमा ६–६ विकेट लिए ।

४. सिराजले १६ बलमा ५ विकेट लिए
मोहम्मद सिराजले इनिङ्समा १६ बलमा ५ विकेट लिए । उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम बलमा ५ विकेट लिने विश्व कीर्तिमानको बराबरी गरेका छन् । यसअघि श्रीलंकाका चामिन्डा वासले पनि बंगलादेशविरुद्ध १६ बलमा ५ विकेट लिएका थिए । वासले सन् २००३ मा यस्तो गरेका थिए ।

५. एक ओभरमा ५ विकेट लिने पहिलो भारतीय
पहिलो इनिङ्सको चौथो ओभरमा मोहम्मद सिराजले ४ रन दिएर ४ विकेट लिए । उनी एकदिवसीय क्रिकेटको एक ओभरमा ४ विकेट लिने पहिलो भारतीय खेलाडी बनेका छन् । अहिलेसम्म विश्वका ३ बलरले मात्र एक ओभरमा ४ विकेट लिन सकेका छन् । सिराज बाहेक पाकिस्तानका मोहम्मद सामीले २००३ मा र इङ्ल्यान्डका आदिल राशिदले २०१९ मा यो काम गरेका थिए ।

६. कुनै पनि फाइनलमा सबैभन्दा कम स्कोर
श्रीलंकाको टोली १५.२ ओभरमा मात्र ५० रन बनाएर भारतविरुद्ध अलआउट भएको थियो । यो स्कोर कुनै पनि प्रतियोगिताको फाइनलको सबैभन्दा सानो स्कोर हो । यसअघि सन् २००० मा त्रिकोणात्मक सिरिजको फाइनलमा श्रीलंकाले भारतलाई ५४ रनमा अलआउट गरेको थियो।

यो टी–२० ढाँचाको फाइनलमा समेत सबैभन्दा सानो स्कोर हो । २०१७ मा, डेजर्ट कप फाइनलमा आयरिश टोली ७१ रनमा अलआउट भएको थियो ।

७. एशिया कप फाइनलमा सबैभन्दा कम स्कोर
एसिया कपको फाइनलमा श्रीलंकाले सबैभन्दा सानो स्कोरको कीर्तिमान पनि बनाएको छ । यसअघि यो कीर्तिमान भारतको नाममा थियो । सन् २००८ मा श्रीलंकाविरुद्ध १७३ रन बनाएर टिम इन्डिया अलआउट भएको थियो । यसअघि सन् १९८८ मा एसिया कपको फाइनलमा श्रीलंकाले सबैभन्दा कम स्कोर बनाएको थियो । जसमा श्रीलंका भारतविरुद्ध १७६ रन बनाएर अलआउट भएको थियो ।

८. एशिया कपमा सबैभन्दा कम स्कोर
श्रीलंकाले एसिया कपमा सबैभन्दा कम स्कोरको नचाहेको कीर्तिमान पनि बनाएको छ । उअघि बंगलादेशको टोली सन् २००० मा पाकिस्तानविरुद्ध ८७ रन बनाएर अलआउट भएको थियो । यस्तै, बंगलादेश नै सन् १९८६ मा पाकिस्तानविरुद्ध ९४ रनमा अलआउट भएको थियो ।

९. भारतविरुद्ध श्रीलंकाको सबैभन्दा कम स्कोर
भारतविरुद्ध पहिलो पटक श्रीलंकाको टोली ५० रनमा अलआउट भएको छ । यसअघि यस वर्षको जनवरीमा पनि श्रीलंकाको भारतविरुद्ध न्यून स्कोर थियो । तिरुवनन्तपुरमको मैदानमा भएको खेलमा श्रीलंका ७३ रनमा अलआउट भएको थियो । ५० रनको स्कोर एकदिवसीय क्रिकेटमा श्रीलंकाको दोस्रो सबैभन्दा कम स्कोर थियो । यसअघि श्रीलंका सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध ४३ रनमा अलआउट भएको थियो ।

१०. भारतविरुद्ध कुनै पनि टोलीको सबैभन्दा कम स्कोर
एकदिवसीयमा कुनै पनि टोलीको सबैभन्दा सानो स्कोर भारत विरुद्ध बन्यो । श्रीलंका अघि बंगलादेशको टोली २०१४ मा मिरपुर मैदानमा ५८ रन बनाएर अलआउट भएको थियो ।

एकदिवसीय क्रिकेटमा जिम्बावेसँग कुनै पनि टोलीको सबैभन्दा सानो स्कोर छ । सन् २००४ मा जिम्बावे श्रीलंकाविरुद्ध ३५ रन बनाएर अलआउट भएको थियो ।

११. बल बाँकी रहँदा भारतको सबैभन्दा ठूलो जित
लक्ष्य पछ्याउँदै भारतले सबैभन्दा छिटो जित हात पारेको छ । श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६ दशमलव १ ओभरमै पुरा गरेको थियो । टोलीले २६३ बल बाँकी रहँदा जित निकाल्यो । यसअघि सन् २००१ मा भारतले केन्यालाई २३१ बल बाँकी रहँदा पराजित गरेको थियो । जुन खेल भारतले ११.३ ओभरमा जित्यो ।

१२. एकदिवसीय फाइनलमा सबैभन्दा ठूलो जीत
भारतले एकदिवसीय ढाँचामा कुनै पनि प्रतियोगिताको फाइनलमा बल बाँकी रहँदा सबैभन्दा ठूलो जित दर्ता गरेको छ । भारतले २६३ बल बाँकी रहँदै खेल जित्यो । उअघि अस्ट्रेलियाले सन् २००३ को त्रिकोणात्मक सिरिजको फाइनलमा इंग्ल्याण्डलाई २२६ बल बाँकी राखेर पराजित गरेको थियो ।

१३. ओडीआई फाइनलमा भारत दोस्रो पटक १० विकेटले विजयी बन्यो
भारतले दोस्रो पटक कुनै एकदिवसीय प्रतियोगिताको फाइनलमा १० विकेटले जित हात पारेको छ । सन् १९९८ मा जिम्बाब्वेविरुद्धको त्रिकोणात्मक सिरिजको फाइनलमा भारतले कुनै विकेट नगुमाई १९७ रनको लक्ष्य हासिल गरेको थियो । भारतबाहेक अस्ट्रेलियाले सन् २००३ को त्रिकोणात्मक सिरिजको फाइनलमा इंग्ल्याण्डलाई १० विकेटले हराएको थियो ।

१४. भारतले १० औं पटक १० विकेटले जित निकाल्दै विश्व कीर्तिमान बराबरी गर्यो
एसिया कपमा भारत दोस्रो पटक १० विकेटले विजयी भएको छ । यसअघि भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो । टोलीले समग्रमा १० औं पटक एकदिवसीय क्रिकेटमा १० विकेटले जित हासिल गरेको छ । भारतले वेस्ट इन्डिजको विश्व कीर्तिमान बराबरी गरेको छ । वेस्ट इन्डिजले पनि १० एकदिवसीय खेल १० विकेटले जितेको छ ।

१५. बलको हिसाबले सबैभन्दा छोटो एकदिवसीय फाइनल
बलिङको हिसाबले भारत र श्रीलंकाबीचको सबैभन्दा छोटो एकदिवसीय फाइनल भएको छ । एसिया कपको फाइनलमा १२९ बल मात्र खेलिएको थियो । भारतले ३७ बल र श्रीलंकाले ९२ बल खेलेको थियो ।

छोटो ओडीआई अनुसार यो खेल तेस्रो स्थानमा रह्यो । नेपाल र अमेरिकाबीच २०२० मा भएको एकदिवसीय खेल १०४ बलमा सकिएको थियो । श्रीलंका र जिम्बावेबीचको सन् २००१ को ओडीआई खेल मात्र १२० बलमा सम्पन्न भएको थियो ।