२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प



अ+ अ-

काठमाडौँ । आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बञ्चित भएका छन् ।

नेपाल चिकित्सक संघले गत बुधबार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएको छ । संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा नयाँ बिरामी नजाँच्ने निर्णय चिकित्सकहरुले गरेका छन् ।

सरकारी अस्पताल वीरको पनि ओपीडी टिकट काउन्टर आज बन्द छ । त्यहाँ सेवा बन्द गरिएको सूचना टाँस गरिएको छ । त्यही सूचना पढ्दै बिरामी र तिनका आफन्त घर फर्किएका छन् ।

चिकित्सकहरुसमते हातमा कालोपट्टी बाँधेर अस्पताल पुगेका छन् । उनीहरुले आकस्मिक कक्षमा र भर्ना भएका बिरामीहरुको मात्र उपचार गरिरहेका छन् ।

पाखुरामा कालोपट्टी बाँधेका केही चिकित्सकहरुले प्लेकार्डसहित वीर अस्पताल परिसरमै प्रदर्शनसमेत गरेका छन् । ‘हिंसा समस्या हो, समाधान होइन’, ‘ह्वाइट कोट इज टर्निङ रेड’ ९सेतो कोट रातोमा परिणत हुँदैछ०, ‘विदेश पलायन हुन बाध्य नपार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन जारी राखेका छन् ।

हेटौँडामा चिकित्सकद्वयमाथि भएको कुटपिटको घटनामा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न नेपाल चिकित्सक संघले ७२ घण्टाको अल्टिमेटम दिएको थियो । तर माग सम्बोधन नभएको भन्दै संघले आज एक दिन अस्पताल, पोलिक्लिनिक, क्लिनिक लगायतमा ओपीडी सेवा रोकेका हुन् ।

गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौँडाको सञ्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई चिकित्सकहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सञ्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै चिकित्सकमाथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।