११ असार २०८३, बिहीबार
,
Latest
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले क्षेप्यास्त्र स्तरवृद्धिका लागि ताइवानलाई १० करोड डलरको हतियार बिक्री गर्ने



अ+ अ-

वासिङ्टन । अमेरिकाले सोमबार ताइवानको प्याट्रियाट मिसाइल प्रतिरक्षा प्रणालीलाई ‘दिगो, मर्मत र सुधार गर्न’ सो मुलुकलाई संयुक्त राज्यले सम्भावित १० करोड डलरको उपकरण र सेवाहरू बिक्री गर्न अनुमोदन गरेको जनाएको छ । 

स्वशासित मुलुक ताइवानलाई चीनले आफ्नो भूमि भनी दावी गर्दै आएको छ । 

अमेरिकाले विक्रीका लागि विदेश विभागको अनुमतिपछि कांग्रेसलाई सूचित गर्नका लागि आवश्यक प्रमाणीकरण गरेको अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सीले एक विज्ञप्तिमा बताएको छ । वासिङ्टनमा ताइवानको दूतावासले यसका लागि अनुरोध गरेको थियो । 

प्याट्रियाट एयर डिफेन्स सिस्टमको स्तरवृद्धिले “प्राप्तकर्ताको सुरक्षामा सुधार गर्न र यस क्षेत्रमा राजनीतिक स्थिरता, सैन्य सन्तुलन, आर्थिक र प्रगति कायम गर्न मद्दत गर्नेछ”, एजेन्सीले भनेको छ । 

“यो प्रस्तावित बिक्रीले आफ्नो सशस्त्र बलको आधुनिकीकरण गर्न र विश्वसनीय रक्षात्मक क्षमता कायम गर्न प्राप्तकर्ताको निरन्तर प्रयासलाई समर्थन गरेर अमेरिकी राष्ट्रिय, आर्थिक र सुरक्षा हितहरूको सेवा गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

ताइवानको विदेश मन्त्रालयले अमेरिकी निर्णयलाई ‘उच्च स्वागत गरेको’ बताएको छ।

“चीनको निरन्तर सैन्य विस्तार र उत्तेजक कारबाहीहरूको सामना गर्दै हाम्रो देशले आफ्नो राष्ट्रिय सुरक्षालाई बलियो प्रतिरक्षाका साथ कायम राख्नेछ र ताइवान र संयुक्त राज्य अमेरिकाबीचको घनिष्ठ सुरक्षा साझेदारीलाई निरन्तरता दिनेछ”, विदेश मन्त्रालयले भनेको छ ।

ताइवानको रक्षा मन्त्रालयले नयाँ प्याट्रियट मिसाइलहरू प्राप्त गर्ने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा अमेरिकी अधिकारीहरूसँग सन् २०१९ को बैठकमा भएको बताएको छ।

मन्त्रालयले सम्झौता एक महिनाभित्र ‘कार्यान्वयन’ हुने अपेक्षा गरेको छ।

लोकतान्त्रिक रूपमा शासित ताइवानले आफ्नो वायु रक्षा क्षेत्रमा चीनको वायु सेनाले बारम्बार ‘मिसन’ गरेको गुनासो गरेको छ । यसलाई वासिङ्टनले ताइपेईलाई आफ्नो सार्वभौमसत्ता स्वीकार गर्न दबाब दिन बेइजिङको प्रयासको रूपमा हेरेको छ।

धेरै मुलुकजस्तै ताइवानसँग अमेरिकाको आधिकारिक सम्बन्ध छैन तर वासिङ्टन यसको सबैभन्दा ठूलो समर्थक हो र यसलाई आफ्नो रक्षा गर्नका लागि हतियार प्रदान गर्न कानूनद्वारा बाध्य छ। रोयटर्स