• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम ★   ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर ★   कोशी प्रदेश: छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण ★   फोटो हेर्न कांग्रेस कार्यालयमा प्रधानमन्त्री दाहाल- फोटो फिचर ★   युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने ★   प्रश्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते हुने ★   शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई ★   अविरल वर्षाले जलमग्न बन्यो जनकपुरधाम

सातौं संस्करणको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ असोज २७ गते हुने



काठमाण्डौ । हरेक वर्ष हिन्दुहरुको महान चाड वडादशैंको घटस्थापना भन्दा अघिल्लो शनिबार सञ्चालन हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’को सातौं संस्करण आउँदो असोज २७ गते शनिबार हुने भएको छ ।

उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको ५ किलोमिटर दुरीको दौडको तयारीबारे उज्ज्वल तारा स्कुलमा शनिबार छलफल कार्यक्रमको आयोजना गरि हालसम्मको तयारीबारे जानकारी दिइयो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीको अध्यक्षतामा भएको छलफलमा खेलाडी, स्थानीय वडाका जनप्रतिनिधि, प्रहरी अधिकारी, स्थानीय समाजसेवी तथा पत्रकारहरुको सहभागिता थियो । दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले दौडको तयारीबारे जानकारी दिँदै गतवर्षमा झैं यो वर्ष पनि विभिन्न ७ वटा उमेर समूहको विधामा प्रतियोगिता आयोजना गरिने बताए ।

महासेनानी कार्कीका अनुसार प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुषतर्फ गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाको गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलातर्फ २ विधा गरि ७ वटा विधा रहने छ ।

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा र चितवनका तारे होटेलहरुमा एक रात खानेबस्ने सुविधा सहितको उपहार रहेको महासेनानी कार्कीले बताए । कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।