९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्नेकुरा पहिलो प्राथमकितामा छ: माओवादी

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्नेकुरा पहिलो प्राथमकितामा छ: माओवादी
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताउनु भयो ।

उहाँले शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निस्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको अम्ेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छाँै भनेर विश्व समुदायलाई अपिल गर्नुहुने काम मुख्य प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले शाीन्त प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निस्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताउनु भयो । उहाँले खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रमणमा प्रधानमन्त्रीले मुख्यकुरा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक चार चोटिसम्म निर्वाचन भइसकेपछि एक प्रकारले भन्यो भने कानूनले निश्चित गर्न मात्रै बाँकी हो की त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो । शान्ति प्रक्रिया शुरु भइसकेपछि चार वटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो, अरु काम भइसके । तर पनि यसलाई निस्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न बाँकी छ । त्यो घोषणा गर्न विभिन्न खेलहरु भइरहेका छन् । विभिन्न समस्या आइरहेका छन् । यसलाई निस्कर्षमा पुर्‍याउन मुख्य राष्ट्रिय परिस्थिति नै अनुकुल बनाउनु पर्छ । त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्वपूर्ण भुमिका हुन्छ ।

यस कारण उहाँले यहाँ गर्नुपर्ने कामको प्रतिवद्धता जनाउनु हुनेछ, दोस्रो विश्व समुदायलाई हामीले मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छाँै भनेर विश्व समुदायलाई अपिल गर्नुहुनेछ । यसको निस्कर्षमा पुर्‍याउन र टुंगोमा पुग्यो भनेर घोषणा गर्नका लागि तपाईहरुको सहयोग चाहिन्छ भनेर अपिल गर्नुहुनेछ । शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु त साझा समस्या, राष्ट्रिय समस्या हो नि । कुनै पार्टी र सरकार विशेषको, नेता विशेषको होइन । यो त ६२ देखि ८० १८ वर्ष लागिसक्दा पनि निस्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय रुपमा कमजोरी हो । त्यसैले यसलाई हर हालतमा टुंग्याउनु पर्छ भनेर यसलाई १ नम्बरमा राखेर गरेका छौँ । प्रधानमन्त्रीज्युले सबैभन्दा धेरै समय यसमै खर्च गर्नुभएको छ । खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर जाने कोशिष भइरहको छ । शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउनुको विकल्प छैन ।’

माओवादीले सरकारले थालेका भ्रष्टाचारबिरुद्धका, मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषयहरु टुंगोमा पुर्‍याउन दबाब दिएको छ ।