७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी
अ+ अ-

काठमाडौँ । सरकारले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो कुरा बताउनुभएको हो ।

उहाँले संसदमा पेस गरिएको शिक्षा विधेयकमा पनि शिक्षा सम्बन्धी समावेशी कार्यक्रम राखिएको बताउनु भयो । उहाँले अटिजम भएकाहरुलाई विशेष व्यवहारको आवश्यकता रहेको औँल्याउनु भयो । अधिकारीले कक्षाकोठामा अटिजम भएकाहरुलाई शिक्षण गर्दा छुट्टै किसिमको व्यवहार आवश्यक पर्ने र कक्षा कोठामा उनीहरुलाई विशेष हेरचाह आवश्यक रहेको बताउनु भयो । अपाङ्गता भएका व्यक्ति र अन्य व्यक्तिको परीक्षा सञ्चालन प्रकृया एउटै भएकोले परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । सचिव अधिकारीले फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतीका विषयहरु १६ औं योजनामा समेटिने बताउनु भयो ।

सचिव अधिकारीले भन्नुभयो, ‘अटिजम डिस्अर्डर सोसाईटीको ठूलो समस्याका रुपमा रहिआएको छ । र, यो निकै पीडादायक पनि छ । यो क्षेत्रमा मलाई पनि नीतिगत, कानूनी, व्यवहार, शिक्षण पद्धतिको सुधारको माध्यमबाट केही गर्नुपर्छ भन्ने लागिरहेको छ । अटिजम भएका विद्यार्थी भाइबहिनी, युवाहरुलाई हामिले अरु जस्तै गरेर अध्ययन अध्यापनको शैली अवलम्वन गरियो भने त्यसले उपलब्धी हुँदैन भन्ने बुझिन्छ । उहाँहरु (अटिजम भएका) सँग विशेष किसिमको सीप र दक्षता छ । उहाँहरु केही गर्न सक्नुहुन्छ । तर, उपयुक्त वातावरण हामीले सृजना गर्नुपर्छ । विशेष किसिमको वातावरण भएमा मात्रै उनीहरुको क्षमता र दक्षताको विकास गरी त्यसलाई हामीले उपयोग गर्नसक्छौँ । हाम्रो पोलिसी इन्क्लुसिभ छ भनेर मात्रै पुग्दैन । हाम्रो संविधानले गुणस्तरीय शिक्षा दिएको छ भनेर मात्रै पुग्दैन । प्राक्टिसमा ट्रान्सफर्म गर्न जरुरी छ । हामीले व्यवहारिक सुधार गर्न जरुरी छ । हाम्रो विद्यालय, कक्षाकोठा र सिकाईको वातावरणमा पनि ध्यान दिनुपर्छ । एजुकेशन पोलिसी इन्क्लुसिभ फ्रेण्ड्ली बनाउन त खोजिएको छ ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा पनि हामीले विशेष किसिमको शिक्षा भनेर समावेश गरेका छौँ । विशेष किसीमको शिक्षालाई पहिलो पटक कानूनमा समावेश गर्न लागिएको छ । विशेष किसिमको शिक्षामा डिस्एबिलीटि भएकाहरुको शिक्षाको कुरा आउँछ । स्वभावैले अटिजमको कुरा आउँछ नै । कानुनमा त हुन्छ, व्यवहारमा कक्षा कोठामा हुन्छ की हुँदैन भन्ने पनि महत्वपूर्ण छ । हामीले त्यसको शुरुवात गर्नुपर्छ । सरकारले सपोर्ट गर्छ । कक्षा कोठामा अटिजम भएकाहरुलाई शिक्षण गर्दा छुट्टै किसीमको व्यवहार आवश्यक हुन्छ । कक्षा कोठामा अटिजम भएकाहरुलाई माया, ममता, स्नेह आवश्यक पर्छ । उनीहरुको स्किल बुझेर त्यहि अनुसार व्यवहार गर्न जरुरी छ । अटिजम भएकाहरुलाई विशेष किसीमको व्यवहार गरिने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । डिजेबलप्रति न्यायका लागि परीक्षा पद्धती सुधार गर्नुपर्ने देखिन्छ । हामी परीक्षा प्रणालीलाई फरक बनाउँछौ । पाठ्यक्रम सामग्री र शिक्षण विधि समेत फरक हुनुपर्छ । शिक्षकहरुलाई तालीम पनि फरक हुनसक्छ । उहाँहरुको हरेक क्रियकलापलाई सहयोग गर्न विशेष कार्यक्रम ल्याउँछौ । फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतिका विषयहरु १६ औं योजनामा समेटिनेछ ।’

सचिव अधिकारीले अटिजम भएकाहरुको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सृजना गर्ने बताउनु भयो । अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता हो ।