२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी



अ+ अ-

काठमाडौँ । सरकारले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो कुरा बताउनुभएको हो ।

उहाँले संसदमा पेस गरिएको शिक्षा विधेयकमा पनि शिक्षा सम्बन्धी समावेशी कार्यक्रम राखिएको बताउनु भयो । उहाँले अटिजम भएकाहरुलाई विशेष व्यवहारको आवश्यकता रहेको औँल्याउनु भयो । अधिकारीले कक्षाकोठामा अटिजम भएकाहरुलाई शिक्षण गर्दा छुट्टै किसिमको व्यवहार आवश्यक पर्ने र कक्षा कोठामा उनीहरुलाई विशेष हेरचाह आवश्यक रहेको बताउनु भयो । अपाङ्गता भएका व्यक्ति र अन्य व्यक्तिको परीक्षा सञ्चालन प्रकृया एउटै भएकोले परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । सचिव अधिकारीले फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतीका विषयहरु १६ औं योजनामा समेटिने बताउनु भयो ।

सचिव अधिकारीले भन्नुभयो, ‘अटिजम डिस्अर्डर सोसाईटीको ठूलो समस्याका रुपमा रहिआएको छ । र, यो निकै पीडादायक पनि छ । यो क्षेत्रमा मलाई पनि नीतिगत, कानूनी, व्यवहार, शिक्षण पद्धतिको सुधारको माध्यमबाट केही गर्नुपर्छ भन्ने लागिरहेको छ । अटिजम भएका विद्यार्थी भाइबहिनी, युवाहरुलाई हामिले अरु जस्तै गरेर अध्ययन अध्यापनको शैली अवलम्वन गरियो भने त्यसले उपलब्धी हुँदैन भन्ने बुझिन्छ । उहाँहरु (अटिजम भएका) सँग विशेष किसिमको सीप र दक्षता छ । उहाँहरु केही गर्न सक्नुहुन्छ । तर, उपयुक्त वातावरण हामीले सृजना गर्नुपर्छ । विशेष किसिमको वातावरण भएमा मात्रै उनीहरुको क्षमता र दक्षताको विकास गरी त्यसलाई हामीले उपयोग गर्नसक्छौँ । हाम्रो पोलिसी इन्क्लुसिभ छ भनेर मात्रै पुग्दैन । हाम्रो संविधानले गुणस्तरीय शिक्षा दिएको छ भनेर मात्रै पुग्दैन । प्राक्टिसमा ट्रान्सफर्म गर्न जरुरी छ । हामीले व्यवहारिक सुधार गर्न जरुरी छ । हाम्रो विद्यालय, कक्षाकोठा र सिकाईको वातावरणमा पनि ध्यान दिनुपर्छ । एजुकेशन पोलिसी इन्क्लुसिभ फ्रेण्ड्ली बनाउन त खोजिएको छ ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा पनि हामीले विशेष किसिमको शिक्षा भनेर समावेश गरेका छौँ । विशेष किसीमको शिक्षालाई पहिलो पटक कानूनमा समावेश गर्न लागिएको छ । विशेष किसिमको शिक्षामा डिस्एबिलीटि भएकाहरुको शिक्षाको कुरा आउँछ । स्वभावैले अटिजमको कुरा आउँछ नै । कानुनमा त हुन्छ, व्यवहारमा कक्षा कोठामा हुन्छ की हुँदैन भन्ने पनि महत्वपूर्ण छ । हामीले त्यसको शुरुवात गर्नुपर्छ । सरकारले सपोर्ट गर्छ । कक्षा कोठामा अटिजम भएकाहरुलाई शिक्षण गर्दा छुट्टै किसीमको व्यवहार आवश्यक हुन्छ । कक्षा कोठामा अटिजम भएकाहरुलाई माया, ममता, स्नेह आवश्यक पर्छ । उनीहरुको स्किल बुझेर त्यहि अनुसार व्यवहार गर्न जरुरी छ । अटिजम भएकाहरुलाई विशेष किसीमको व्यवहार गरिने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । डिजेबलप्रति न्यायका लागि परीक्षा पद्धती सुधार गर्नुपर्ने देखिन्छ । हामी परीक्षा प्रणालीलाई फरक बनाउँछौ । पाठ्यक्रम सामग्री र शिक्षण विधि समेत फरक हुनुपर्छ । शिक्षकहरुलाई तालीम पनि फरक हुनसक्छ । उहाँहरुको हरेक क्रियकलापलाई सहयोग गर्न विशेष कार्यक्रम ल्याउँछौ । फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतिका विषयहरु १६ औं योजनामा समेटिनेछ ।’

सचिव अधिकारीले अटिजम भएकाहरुको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सृजना गर्ने बताउनु भयो । अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता हो ।