२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

यार्साको यात्रा फोटो फिचर सहित

यार्साको यात्रा फोटो फिचर सहित
अ अ+ अ-

चारओटा उच्च हिमाली जिल्लामा यार्सा संकलनको लागि अनुमति खुलेपछि स्थानीय बासिन्दाहरु यार्सा क्षेत्र अर्थात पाटन जाने तयारीमा छन् । गाउँमा अहिले बृद्धबृद्धा र साना काखे नानीहरु मात्र भेटिन्छन् । यस पटक हिउँ चाडै नै पग्लियो बझाङ्ग डोल्पा, मुगु,  मनाङ्ग,  यार्साका लागि पकेट क्षेत्र मानिन्छन् । पछिल्ला केहीबर्ष यही यार्सा स्थानीयको जीबिकोपार्जनका लागि राम्रो माध्याम बनेको छ । 

कोही संकलन क्षेत्रमा पुगेर जमिन कोट्याउन थालिसकेका छन् भने कोही त्यतै जाने हतारोमा छन् । हतारो पनि किन नहोस्, यो त उनीहरुको मुख्य आम्दानी नै बनिसकेको छ । स्थानीय प्रशासनसँग संकलन पूर्जी बनाएर पाटनमा पुग्दा आफूले केही पनि फेला नपार्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ ।  

यी चार जिल्लाका गरी ५० भन्दा बढी पाटनमा यार्सा भेटिन्छ । उनीहरुले संकलन गरेको एक किलो यार्साको राज्यलाई ३० हजार कर बुझाउछन् र पाँच लाख सम्मका बिक्री गर्छन् । तर आम्दानी लोभलाग्दो मात्र भएर के गर्नु ? ज्यान भने उत्तिकै जोखिममा राखेर जानुपर्छ । लेक लागेर कतिले उतै ज्यान गुमाउछन् भने आफुले संकलन गरेको यार्सा जोगाएर ल्याइपु¥याउन पनि उत्तिकै हैरान छ । पटक पटक बाटोमा नै धेरै लुटिएका छन् । जसका कारण यार्सा संकलन गर्ने मौसम सुरु भएपछि स्थानीय प्रशासन केही चनाखो हुन्छ । 

सकुशल रुपमा आफूले संकलन गरेको यार्सा गन्तब्यमा पु¥याउन सके एउटा युद्ध जितेको जस्तै हुन्छ ।  यता यार्सा संकलनको मौसम सुरु हुदै गर्दा चीन, भियतनाम, रसिया, कोरिया, जापान, भारत निर्यात गर्ने व्यवसायीको दौडधुप र मोलमोलाई पनि ह्वात्तै बढ्छ । उत्तरी सीमाको नजिक रहेका कारण पनि चीनकोे छोङछाओ, तोङछोङ, स्याछाओ सहरमा यसको माग उच्च छ । चीनियाँहरुले औषधी, मदिरामा यार्सा मिसाउने गर्छन् त्यो प्रयोग गर्ने ब्यक्तिको मान सम्मान यार्सासंग पनि जोड्ने गरिएको छ ।

डोल्पाका व्यबसायी बिष्णु बुढाका अनुसार यार्स संकलन कार्य यहाको समाजको चित्र पनि हो । आफूलाई आबश्यक पर्ने दैनिक उपभोग्य बस्तुको जाहो यसैको कमाई बाट हुन्छ ।  यार्स संकलन गरिने क्षेत्रको वरपर  उत्तरको छिमेकी चीनको तिब्बतका ब्यापारीहरु नुन तेल देखी कपडा , बिद्युतिय सामग्रीहरु  बेच्न आउछन् । संकलकहरुले पनि यासां संग साटेर आफनो आधारभूत आबश्यकताहरु पुरा गर्छन । यार्स संकलन कार्य एउटा पर्व जस्तै हो ।  

नेपाल सरकारले विदेश निर्यात गर्दा प्रतिकिलो पाँच हजार अमेरिकी डलर राजस्व तोके पनि बिचका ब्यबसायीले संकलकसँग कम मुल्यमा लिएर लाखौं रुपिंया  सम्मका बिक्री गरेका हुन्छन् । स्थानीयको आर्थिक उपार्जनसँग प्रत्यक्ष रुपमा जोडिएका कारण यार्सा संकलन सिजन सुरु भएपछि त्यस क्षेत्रका बिद्यालयहरु पूरै रित्ता हुन्छन् । 

बिद्यार्थीहरु बिद्यालयमा होईन पाटनमा भेटिन्छन् ।  बिद्यार्थी अभिभाबक र जाँगरिला शिक्षकहरुको भेट यार्सा संकलन क्षेत्रमा नै हुन्छ । पाटन भरी त्रिपाल टागेर बनाइएका अस्थायी आबासले छिनमै एउटा नया बस्ती निर्माण हुन्छ । कुनै ठूलै पर्बको झल्को दिने यार्सा संकलन गर्ने क्षेत्रका स्वास्थ्य शिबिर पनि सञ्चालन गरिएको हुन्छ । यार्सा समुद्र सतहदेखि तीन हजार ८०० देखि चार हजार ८०० मिटरसम्मको उचाइमा पाइन्छ । 

दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यो वर्षको यार्सागुम्बा संकलनको लागि संकलन अनुमति खुला गरेको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाले आगामी जेठ दोस्रो सातादेखि सुरु हुने यार्सागुम्बा संकलनको लागि संकलन अनुमति खुला गरेको हो । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार यार्सागुम्बा टिप्न जानेहरुले संकलन इजाजत पत्र सदरमुकाम खलंगास्थित अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय, राप्ला सेक्टर कार्यालय सुनसेरा, खण्डेश्वरी सेक्टर कार्यालय लटिनाथ, खण्डेश्वरी रेन्जपोष्ट, विटुले रेन्जपोष्ट, खार रेन्जपोष्ट, व्यास रेन्जपोष्ट, सिप्टी, पारिबगर र श्रीवगड पोष्टबाट संकलन इजाजत पत्र पत्र प्राप्त गर्न सक्ने छन । 

यार्सा संकलन इजाजपत पत्र लिँदा यार्सागुम्बा संकलन कार्यविधि अनुसार शुल्क लाग्ने संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत सन्तबहादुर मगरले बताएका छन् । सहायक संरक्षण अधिकृत मगरका अनुसार सम्बन्धित क्षेत्रका व्यक्तिले प्रति व्यक्ति ५ सय, संरक्षण क्षेत्रबाहिर तर जिल्लाभित्रका संकलकको लागि २ हजार र जिल्लाबाहिरका संकलकहरुको लागि ३ हजार रुपैयाँ इजाजतको लागि तिर्नुपर्ने छ । 

दार्चुलाको अपि हिमाल गाउँपालिकाका र व्यास गाउँपालिकाका एक दर्जन बढि पाटनहरुमा हरेक वर्ष एक महिना यार्सागुम्बा संकलन हुने गर्दछ । हिमाली क्षेत्रका जनताको आम्दानीको मुख्य स्रोतका रुपमा यार्सागुम्बा रहँदै आएको छ । जिल्लाबाट हरेक वर्ष ४ देखि ६ क्वीन्टलसम्म यार्सागुम्बा ढुवानी हुने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ  । 

के हो यार्सा ? 

यार्सागुम्बा हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको एक प्रकारको जडिबुटी हो । बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । 

यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् । त्यस समयसम्म झुसिल्किरा हिँडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ । 

माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ । यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् । ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् । 

यो विशेष गरेर उत्तरी क्षेत्रमा वर्षभरि पाउन सकिन्छ । यो ढुसी झुसिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ र यसका प्रत्येक दुई भाग हुन्छन् । जमीनमाथिको भाग यार्सा र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो । 

विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । तीमध्ये जापानमा ३० वटा, ब्रिटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । 

यार्सा खाँदा के फाईदा ?

विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्सागुम्बा पाइन्छन् । यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ । खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनिया औषधी विधि अनुसार सेवन गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । 

स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ । हाल यार्सागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको छ । नेपालको हिमाली भेगमा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार हो । यार्सागुम्वा सन् २००१ सम्म व्यपारिक प्रयोजनमा थिएन र मुल्य पनि थिएन । २८ लाख सम्म पर्छ यसको गुणस्तर कम हुदा मल्य पनि कम हुन्छ । अहिले १ नं को यार्सा प्रति किलोको २८ लाख नेपाली रुपैया पर्छ । अत्यन्त महङ्गो मूल्य बिक्री हुने यार्सागुम्बालाई नेपालमा येल्लो लिभिङ गोल्डका रूपमा समेत पहिचान दिन थालिएको छ । 

नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रूपमा प्रयोग गरिन्छ । हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवद्र्धक औषधिको रूपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । 

तर यसलाई औषधिको रूपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ । 

कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् । कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । 

बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ वर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रूपमा बिक्री गरिन्छ । हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन् । 

उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३, ३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् ।

त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार अलिकति, ५ तोला यार्सागुम्बा, ५ तोला यार्सागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउछन् । साथै उल्लेखित मात्रा भन्दा बढी खाएमा मान्छे पागल हुने कुरा पनि उनीहरू बताउँछन् ।