२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा आमाछोरीको मृत्यु



symbolic picture
अ+ अ-

सल्यान । सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा आमा र छोरीको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुंगास्थित आफ्नै घरमा सुतेको अवस्थामा ग्यास चुलोबाट सल्किएको आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको ज्यान गएको हो ।

हिजो साँझ खाना खाएर सुतेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ग्यास चुलोबाट लागेको आगो ओछ्यानसम्म गई सल्किदा जलेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।