९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

‘नेपालका जेलको अवस्था नरक जस्तो छ’

‘नेपालका जेलको अवस्था नरक जस्तो छ’
अ अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालका जेलको अवस्था नरक जस्तो रहेको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुर्पक्षका लागि जेल पठाइएका आधा मानिसले जेलकै कारण मानसिक सन्तुलन गुमाउने अवस्था रहेको बताउनु भयो ।

अदालत अनुशन्धान र पुपक्षको लागि आएका आरोपित सबैलाई थुनामा पठाउनुपर्छ भन्ने कुरामा दृढ (रिजिट) रहेको बताउनु भयो । मुद्दाको सुनुवाई लम्बिने र थुनामा गएकाको जेल बसाइ पनि लम्बिने गरेको बताउनु भयो । यसले गर्दा निर्दोष मान्छे अपराधि भएर निस्कने बताउनु भयो । उहाँले कैदीहरुलाई समयानुकलको व्यवहारमा परिवर्तन गराउन नसक्नु सरकारको कमजोरी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी ७५ प्रतिशत जति मानिस भित्र पठाउँछौँ नि अहिले एन्ट्रीसिपेट्री बिल छैन । नहुनेबित्तिकै हामीले २५ दिनमा हामीले मान्छेलाई अभियोजन गर्छौं सामान्यतया । तर प्रश्न के हो भने त्यो व्यक्तिहरु फेरि ७५ प्रतिशत जति नै भित्र जान्छन् । २५ प्रतिशत जति मात्रै छुटेको हामीले हेर्छौं । यसरी हेर्दा बिललाई निस्तेज गर्न खोजेको जस्तो देखिन्छ । एकातर्फ धारा २० को कुरा गर्छौं । अर्कोतर्फ हामी धारा २० (५) को प्रिएज्युम गर्नुपर्दा इनोसेन्ट प्रिज्युम गर्नुपर्छ भन्ने अत्याधुनिक संसारको अभ्यासलाई लिएर आएर संविधानमा नै इण्टरड्युस गर्छौं ।

अर्कोतर्फ रिजिट कस्तो छ भने कोर्ट नै पनि कोर्ट एकदमै रिजिट छ । कोर्ट रिजिट भइदिएका कारणले गर्दा मानिस जेल पठाइन्छन् । पठाइसकेपछि उसको ट्रायल फेज नै सजाय हुन्छ । एउटा व्यक्ति ५ ठाउँमा खप्ट्याएर पुग्छ । जेलको अवस्था नरक जस्तो छ । त्यो नरकमा पठाउँछौँ, त्यसपछि दिमाग ठिक भएको मान्छे पनि आधा जति त्यहाँ भित्र गइसकेपछि डिप्रेशनमा जान्छ । नारकीय अवस्था छ । जेलको यसमा कसले विचार गर्ने । हामी सबै ठिक ठाक छाँै तर व्यवहार हुन सकेको छैन ।’

कार्यक्रममा बोल्दै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर राईले कानून व्यवसायीहरुले अभियुक्तलाई भेट्ने व्यवस्थाको दुरुपयोग गरेको बताउनु भयो । उहाँले कानून व्यवसायीहरुले मुद्दाको शुरुको चरणबाट नै परामर्श गर्न र लिन पाउने व्यवस्थालाई दुरुपयोग गर्दै दबाब सृजना गर्ने गरेकोले यो व्यवस्थाबारे सबैले पुनरावलोकन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानून व्यवसायीहरुले शुरुको चरणबाट नै परामर्श गर्न लिन पाउने जुन अभियुक्तको राइट्सलाई संविधानमा नै उल्लेख गरेका छौँ । यो कुरा अब छुटै भेट्ने कक्षको व्यवस्था चाँडै नै गर्नेछौँ । हामीलाई पनि कोर्ड अफ कण्डक्ट चाहिने हो की ? यसतर्फ सोच्नुपर्छ । कुन सम्मको परामर्श गर्ने भन्नेकुरालाई सबैले ख्याल गरिदिुनपर्छ ।’

उहाँले कानून व्यवसायीहरुले कुन स्तरसम्मको परामर्श गर्ने भन्नेकुरालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।