१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैह्रीगाउँ हत्या प्रकरण: एक जना प्रहरीको नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोधपुछको लागि घटनास्थलबाट तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । राईको कपडा र जुत्तामा रगतको दाग फेला परेपछि उनलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको बताइएको छ ।

तीनकुनेस्थित दिव्य सस्मिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो । जसमा तीन जना एकै परिवारका रहेका छन् ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

यो पनि पढ्नुहोस् : गैह्रीगाउँ हत्या प्रकरण: चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत

प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी उनीहरुको शवलाई पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ।

घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सूक्ष्म अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।