१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार यस वर्ष विभूषण वितरण नगर्ने मनस्थितिमा



अ+ अ-

काठमाडौ । सरकारले यस बर्ष कुनै पनि बिभूषण प्रदान नगर्ने मनस्थितिमा पुगेको बुझिएको छ ।

आज बस्ने मन्त्री परिषद्को बैठकमा विभुषण बितरण पास गर्ने एजेन्डा रहेको भएपनि यो निर्णय नगर्ने मनस्थितिमा पुगेको समाचार स्रोतले जनायो ।

विभुषण छनोट समितिको सिफारिसमा धेरै नाम आएको र कटौति गर्दा पनि नमिल्ने तथा बिवादास्पद हुने भएपछि बितरणनै नगर्ने निर्णय गर्ने अवस्थामा सरकार पुगेको स्रोतले जानकारी दियो ।

बिभूषण छनौट प्रकृया पारदर्शी नभएको र बिगतका बर्षहरुका बिवाद भएको भन्दै आलोचना हुदै आएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असोज ३ गते संविधान दिवसका दिन विभूषणको घोषणा गर्ने गरिएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ ।