सर्लाही ।सर्लाही जिल्लाको ईश्वरपुर नगरपालीका वडा नं ६ बयलबास बजार का लामो समय देखी बस्दै आएका परिबार यतिबेला बिचल्लीमा परेका छन् । फुलजोर- त्रिभूवननगर सडक बिस्तारका नाममा नगरपालीकाले एकपक्षीय रुपमा बाटो बिस्तार गर्ने भन्दै मापदण्ड बिपरित घर भत्काएपछि करिव ३५ परिबारको उठिबास हुन लागेको हो ।

सो सडक खण्डमा सडकको केन्द्रभाग बाट दुबै तर्फ आठ आठ मिटर कायम गरिएको भएपनि पूर्बीभागलाई यथाबत राखेर पश्चिम तीर मापदण्ड बिपरित भत्काईएको गुनासो स्थानिय बासिन्दाले गरेका छन् । नगरपालीकाले आफूहरु माथी ज्यादती गरेको भन्दै मिश्रीलाल साह रौनियार , रामबाबु साह , मदन साह, लक्ष्मी साह लगायतका स्थानिय बासन्दा उच्च अदालत देखी २ नम्बर प्रदेशको प्रदेश शभा सम्म न्याय खोज्दै पुगे ।
उच्च अदातदलतमा दायर भएको मुद्दा बिचाराधिन रहेकै अबस्थामा नगरपाललीकाले सडकको पश्चिम क्षेत्रतर्फका बासिन्दा माथी ज्यादती गर्दे भत्काएको गुनासो उनिहरुको रहेको छ ।स्थानिय बासिन्दाको गुनासो पछि प्रदेश सभाम सचिवालयले सांसदहरु उपेन्द्र महतो , अशोककुमार यादव,जगतप्रसाद यादव,वीरेन्द्रकुमार सिहं र बेवी लुङ्गेली मगर रहेको एक कार्यदल गठन गरेको थियो ।

बैशाख १० गते प्रदेश सभा सचिवालयले जिल्ला प्रशासन कार्यलय सर्लाही लाई एक पत्र लेख्दै सडक बिस्तारको अनुगमन,छानबनि गर्न र समितिको प्रतिबेदन नआउदा सम्म काम बिस्तारको काम रोक्का गर्न निर्देशन दिएपनि नगरपालीकले एकतर्फ रुपमा काम अघि बढाएको थियो ।
उच्च अदालत जनकपुरमा मुद्दा बिचाराधीन रहेको र प्रदेश संसदले समेत यथास्थितीमा राख्न निर्देशन दिएको भएपनि नगरपालीकाले अटेर गरेको गुनासो स्थानिय बासिन्दाको रहेको छ । स्थानिय बासिन्दा भन्छ्न सरकारी मापदण्ड अनुसारको संरचना खाली गर्न समस्या होईन तर सडकको एक खण्डलाई केही पनि नचलाई अर्को खण्ड तीर भत्काउनु नगरप्रमुखको दुरासय बाहेक केही होईन । नगरप्रमुखले राजनीतिक प्रतिशोध राख्ने काम गर्नुभयो निर्धा नागरिक माथी उँहाले ज्यादती गर्नुभयो भन्दै स्थानिय बासिन्दाले गुनासो गरे ।

मापदण्ड बिपरित कार्यभएको भन्दै संरचना भत्काउने क्रममा पटक पटक स्थानिय बासिन्दाले प्रतिरोध पनि गरे । तर उनिहरुको प्रयास ब्यर्थ भयो । सडक मापदण्ड अनुसार डेढ फिट सम्म भत्काउनु पर्ने घरहरु चार फिट सम्म भत्काईए पछि धेरैको उठिबास हुने अबस्था सृजना भएको छ । एक त महामहारीको बेला अर्को तर्फ मापदण्ड बिपरित आफुहरु बसिरहेको संरचना भत्काएपछि बयलबास बजारका बासिन्दा समस्यामा परेका छन् ।








