• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

पाकिस्तानले गुमायो दोस्रो विकेट, बाबर २९ रन जोडेर आउट



एजेन्सी । एसिया कपमा सुपर–४ अन्तर्गत श्रीलंका र पाकिस्तानबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ । पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।

पाकिस्तानले १६ ओभरमा दुई विकेट गुमाएर ७३ रन बनाएको छ । अब्दुल्लाह शफिक र मोहम्मद रिजवान क्रिजमा छन् । कप्तान बाबर आजम २९ रन बनाएर आउट भए ।

वेल्लालागेले उनलाई कुसल मेन्डिसबाट स्टम्प आउट गरेका थिए । यसअघि फखर जमान ४ रन बनाएर आउट भएका थिए । उनलाई प्रमोद मदुशनले बोल्ड गरेका थिए ।

यो खेलको विजेताले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।