४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कुशेऔँसी कसको पर्व ?

कुशेऔँसी कसको पर्व ?
अ+ अ-

वैदिक चाडपर्वलाई भोजन, भजन र प्रदर्शनका रुपमा मात्र होइन विभिन्न दृष्टिले हेर्न जरुरी छ । तिथि, मितिका आधारमा नेपालमा अनेकौँ पर्वहरु मनाइन्छ । कतिपय शास्त्रका आधारमा, केही स्थानीय मान्यताका जगमा, कुनै सामाजिक विश्वासका आधारमा पर्व मनाउँदै आएको देखिन्छ ।

हिन्दूका शास्त्र, देवीदेवता, दर्शन, गुरुमात्र धेरै छैनन् अनेकौँ प्रयोजनका लागि चाडवाड पनि प्रशस्तै छन् । चाडपर्वको शुरुवात नियम संगत देखिन्छन् । गुरुपूर्णिमाका दिन गुरुपूजेर अक्षरको सम्मान, विद्यालाई नमन गरिन्छ । यसपछि हरिशयनी एकादशीबाट साधारणतय पर्वको श्रीगणेश हुन्छ । तुलसी रोपेर घरलाई शुद्धीकरण गरिन्छ । त्यसपछि जनैपूर्णिमाका दिन जनै फेरेर, रक्षाबन्धन लगाएर शारीरिक र मानसिक रुपमा सक्षम बनाइन्छ ।

भाद्रऔँसीका दिन कुशलाई स्वागत गरी धार्मिकअनुष्ठानलाई आवश्यक पर्ने वनस्पतिलाई घरमा राखिन्छ । धार्मिक अनुष्ठानमा प्रयोग गरिने हरेक पदार्थ जीवनोपयोगी छन् । आध्यात्मिक कर्म गर्दा बस्ने, लगाउने, खाने, हेर्ने सबै पदार्थ शक्तिमय हुन्छन् भन्ने तथ्य वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् । धर्मभित्रको अथाहा ज्ञान, पूजाभित्रको प्रविधि, उपासनाभित्रको शक्तिलाई युगानुकूल प्रयोग गर्नुपर्छ ।

पितापुर्खा र शास्त्रका ज्ञानलाई कर्मकाण्ड र वर्गविशेषमा सीमित बनाइयो । प्रविधिजस्तै शास्त्र सबैको साझा सम्पत्ति हो । शास्त्रले अध्यात्ममात्र सिकाउँदैन आनन्द पनि दिन्छ । आध्यात्मिक आनन्दलाई उपभोग गर्ने कला र विधि नहुँदा युवायुवतिहरू वाह्यमुखी बन्दै भौतिक वस्तु र विदेशीपनमा रमाउँदै गएका छन् ।

आफ्नो पन, पहिचान र प्रकृतिलाई भुल्दा कस्तुरीले विनाको सुगन्ध थाहा नपाएझैँ भएको छ । यहीकारण आँगनका कन्दमूल, बारीका फूल, करेसाका पात र नर्सरीका कोपिलाबाट हुने नि:शुल्क उपचारलाई छोड्दै महङ्गो उपचारमा पुगेका छौँ । विदेशी उपचारले जीवन गुमेको छ, स्वास्थ्य सकिएको छ, सम्पत्ति उडेको छ । पश्चिमाको औषधि र जीवनपद्धतिले नयाँ–नयाँ रोग र समस्याबाट अकालमै यमलोकको यात्री बन्नेको संख्या बढ्दैछ । सामान्य झारले निको हुने रोगहरू आधुनिक अस्पतालको घनचक्करमा परेर बिग्रदै, बढ्दै गएर डाक्टरको हात र औषधिको पहुँचभन्दा धेरै टाढा पुगिसकेका छन् ।

दबाईले रोगलाई एकछिन दबाएर निर्मूल भएझैँ बनाउँछ । मौका पाएपछि त्यो रोगले पुन: आक्रमण गरी ज्यान र धन लैजान्छ । टालटुले उपचारपद्दतिमा प्रयोग गरिने औषधिलाई दबाई भनिन्छ । आर्यावर्तका झारले मृत लक्ष्मणलाई बचाएका थिए, यमलोक निबासी भएका परीक्षितलाई जिवित तुल्याएका थिए । लेप दलेर, यन्त्र लगाएर, औषधि खाएर, जडीबुटीलाई पिएर, मन्त्र जपेर, होम हालेर वा अन्य विविध विधिहरूबाट उपचार गरिन्छ । नेपाल औषधिको भण्डार हो किन कि हाम्रा पहाडमा सोमलता फल्छन्, हिमालमा यार्चागुम्बा उम्रन्छन्, ढुङ्गाबाट शिलाजित बहन्छ, कन्दरामा सञ्जीवनी लहराउँछन् । ती झारहरुलाई पूजा गरेर, देवीदेवता ठानेर, प्रसाद संझेर संरक्षण गर्ने, खाने परम्परा थियो । त्योमध्ये एक थियो कुश । दर्भो य उग्र औषधिस्तं ते बध्नाम्यायुष्षे अर्थात्, “कुश तत्काल फल दिने औषधि हो, जसलाई आयु वृद्धि गर्न लगाइन्छ ।” मानवजीवन र कुशबीच अन्योन्याश्रित सम्बन्ध छ ।

कुशको फरक नाम र भिन्न काम छन्– फूल नफूलेको कुशलाई दर्भ, फूल फूलेपछि कुश, जरासहितको भागलाई कुतप, अगाडिको भाग काटेमा तृण भनिन्छ । जो फेरि पलाउँदैन त्यसलाई दर्भ र पुन: पलाउन सक्नेलाई कुश भनिन्छ । विशिष्ट व्यक्तिलाई आसन गराउँदा कुशासन दिइन्थ्यो भन्ने तथ्यलाई ऋग्वेद (३.९.९)मा तीन हजार तीन सय उनन्चालीस देवताहरूले अग्निलाई कुशासन दिएबाट बुझिन्छ । कुशलाई भगवानको रौँबाट उत्पन्न भएको मानिन्छ–मम रोम समुद्भूता दर्भा: पुष्टिकरा मता: अर्थात् कुश मेरै राै बाट उत्पन्न भएको हो, यो पौष्टिक छ ।

देव कार्य, पितृ कार्य, रोग निराकरण, ग्रह शान्तिका लागि कुशको प्रयोग गरिन्छ । देवकार्य, पितृकार्य आदिमा दाहिने हातमा सुन, चाँदी वा कुशको औँठी हुन आवश्यक हुन्छ । विशेष प्रकारका धातु र वनस्पतिले वातावरणमा रहेका दैवी र सकरात्माक शक्तिलाई तानेर शरीरमा प्रवाह गराउँछन् । अचानक सूक्ष्मरूपले भाइरसबाट हुने शारीरिक र मानसिक आक्रमणलाई कुशले रोक्छन् । कुश लगाउँदा कम श्रम, शक्ति र समयमा अधिक कार्य गर्ने तागत प्राप्त हुन्छ ।

एकपटक पढेको, देखेको, उपदेश गरेको विषयलाई सम्झिरहने मानिसलाई कुशाग्र बुद्धि मानिन्छ । कुशको अग्रभाग तीखो हुन्छ अर्थात् कुशजस्तो पवित्र र तिख्खर दिमागलाई कुशाग्र बुद्धि भनिन्छ । कुशले शरीरलाई स्वस्थ, बुद्धिलाई तेज र विचारलाई पवित्र बनाउन सहयोग गर्दछ । दूधमा कुश राखेर तताए फाट्दैन । गरुडपुराण (९।१२–१३)का अनुसार “कुश मेरा रौँ हुन् । यसलाई दैनिक छुनाले पवित्र भई स्वर्ग प्राप्ति हुन्छ । कुशको जरामा व्रम्हा, काण्डमा विष्णु, टुप्पोमा महादेवसहित तीन देवता बस्दछौँ ।” कुशमा जगत्का उत्पत्तिकर्ता, पालनकर्ता र संहारकर्ताको निबास भएकाले यसलाई परम पवित्र र शक्तिमान् मानिएको हो । महाभारतअनुसार गरुडले सर्पहरूबाट बन्धक बनाइएकी आफ्नी आमाको मुक्तिका लागि अमृत ल्याएर सर्पहरूलाई दिए । अमृत खानुभन्दा पहिले सर्पहरू नुहाउन गए, आउँदा अमृत देखेनन् ।

कुशमा अमृत पोखिएको अनुमानले चाटे । कुशको धारले जिभ्रो काटेको हुनाले त्यतिबेलादेखि सर्पको जिभ्रो दुईवटा भयो । अमृतको स्पर्शले कुश पवित्रतम हुन गयो । कुश लगाउनाले शरीरमा शक्ति आउँछ, रोगको निराकरण हुन्छ र अमृतको दर्शन मिल्छ । कुशेऔँशीमा विधिपूर्वक घरमा कुश ल्याइन्छ । कुशको सम्बन्ध बुबा अर्थात् शरीरको हाडसँग रहन्छ । शरीरको मासु भागलाई आमा र हड्डी भागलाई बुबासँग सम्बन्ध रहेको बताउँछन् ।

कुश विद्युतको कुचालक भएकाले चट्याङ पर्न दिँदैन । यसकारण घरका छानामा कुश राख्ने चलन छ । कुशले रिसलाई नियन्त्रण गर्दछ, शत्रुको रिसबाट बचाउँछ । कुशघारी वा बाँसघारीबाट बगेको पानी राम्रोसँग छानिएर पिउनलायक हुन्छ । अथर्ववेद(१९।३२।२)अर्थात्, “जो नित्य कुश लगाउँछ, उसको कपाल झर्दैन, न त छाति दु:ख्दछ ।” अत्यन्तोपयोगी झार भएकाले कुशलाई औषधि, गहना, सुरक्षाकवच आदिका रूपमा उपयोग गर्दछन् । एकाग्रता, शुद्धता, संयमता आदि शक्ति कुश लगाउँदा प्राप्त हुन्छ । विभिन्न किटाणु र व्याक्टेरिया मार्ने हुँदा यज्ञस्थल आदिलाई पवित्र गराउन कुशपानी छर्कनुपर्छ । उपनयन संस्कारमा कुशको जनै लगाएर मात्र धागोको जनै लगाइन्छ । तीजको व्रतमा महिलाहरू कुशको जनै, कन्दनीका साथै टाउको बाँध्ने गर्दछन् ।

कुश कहिल्यै बासी हुँदैन, हरेक वर्ण, जाति र लिड्डका मानिसहरूले लगाउन हुन्छ । विनाकुशको धार्मिक अनुष्ठान्, जल स्पर्शविनाको दान, मालालाई प्रयोग नगरीकन गरिएको जप संख्या सबै निष्फल हुन्छन् । कुशपानीले छर्किएको यज्ञस्थल शुद्ध, आयोजक र उपस्थित महानुभाव शारीरिक र मानसिकरूपले ऊर्जाशील हुन्छन् ।

त्यसैले नुहाउँदा, होम, जप, दान, स्वाध्याय, पितृकार्य, सन्ध्या, अभिवादनलगायतका कार्य गर्दा दुबै हातमा कुशको पवित्र (औँठी) धारण गर्नुपर्छ । कुशलाई बाह्र घण्टा पानीमा भिजाएर पिउँदा पिसाब सम्बन्धी समस्या आउँदैन । कुशको पर्दा लगाउँदा हानिकारक किटाणु पस्न सक्दैन । यसैले प्राचीन कालदेखि घरनजिकै कुश रोपिन्थ्यो ।

कुशको पवित्र धारण गर्ने परम्पराकै नक्कल गर्दै अहिले अनेक धातुका औँठी, सिक्री लगाउने चलन बढ्दै गएको छ । कुशको औँठी साहिलीऔँला (अनामिका)मा लगाइन्छ । साहिलीऔँलाको फेदलाई सूर्य क्षेत्र भनिन्छ । हस्तरेखाविद्हरूले यस क्षेत्रमा शारीरिक र मानसिक शक्ति, जागिर एवं रोजगारको अवस्था, साहस र धैर्यलगायतका पक्ष हेर्दछन् ।

कुशाग्रैस्तर्पयेद्देवान् मनुष्यान् कुशमध्यत:
द्विगुणीकृत्य मूलाग्रै: पितृन् संतर्पयेद्द्विज: ।।

अर्थात्, “देवतालाई कुशको अग्रभाग (अगाडि)बाट, बीचको भागबाट ऋषिगणलाई र जराबाट पितृहरूलाई तर्पण दिनुपर्छ ।” एकाक्षरीकोशअनुसार ‘‘क’को अर्थ पृथ्वी, ‘श’ को अर्थ सुत्नुहुन्छ । जसमा पृथ्वी सुत्छ वा अटाउँछ त्यसलाई कुश भनिन्छ । पृथ्वीलाई सत्यले थामेको छ । कुशमा सत्यताको तागत, चेतना जगाउने शक्ति, पवित्र बनाउने ऊर्जा छ । कुशलाई आध्यात्मिक, व्यावहारिक, बौद्धिक, शारीरिक लाभका लागि अत्यन्त उपयोगी र पवित्रतम मानिएको हुनाले लगाउन र घरमा राख्न आवश्यक छ ।

युवापुस्तालाई प्रयोगात्मक तथ्यले मात्र आकर्षण गर्दछ । पितापुर्खाले लगाएका थिए तिमी पनि लगाउन भनेर अब पत्याइदिनेको संख्या न्यूनतम हुँदै गएको छ । कुशको औँठी लगाएर पढ्ने, दैनिक कार्य गर्ने, अफिस जाने क्रमलाई बढाएर केही समय हेरौँ त्यहीँबाट कुशको रहस्य थाहा हुनेछ । कुश लगाउँदासम्म परिवारमा झगडा, स्वास्थ्यमा समस्या, समाजमा विभाजन, आफन्तमा तिक्तता थिएन । कुशले शारीरिक र मानसिक रुपमा समक्षम बनाउने हुँदा नियमित लगाऊँ ।

आर्यावर्तमा मात्र कुश उम्रने भएकाले हामीले यसलाई सदुपयोग गर्नुपर्छ । कुशले बुबाको जस्तै गरी अप्रत्यक्ष रुपमा संरक्षण गर्ने भएकाले हरेकले घरमा भित्र्याएर लगाउनुपर्छ । आजको कुशेऔँसीमा बुबालाई श्रद्धा गर्ने, खुवाउने वा दिवङ्गत भए श्राद्ध गर्ने महत्वपूर्ण दिन भएकाले नेपालीको पर्व हो, संस्कृतिको आधार हो भन्ने भुल्नुहुँदैन ।