५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

निधनको अघिल्लो दिन पनि कानून निर्माणमै व्यस्त थिए नेम्वाङ

निधनको अघिल्लो दिन पनि कानून निर्माणमै व्यस्त थिए नेम्वाङ
स्व. सुवासचन्द्र नेम्बाङ (फाइल फोटो)
अ+ अ-

काठमाडौँ । हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानून निर्माणका क्रममा व्यस्त रहनुभएको थियो ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गठित उपसमितिलाई सहमतिका साथ कानूनी र राजनीतिक सहमति जुटाउने सवालमा सांसद नेम्वाङले एक प्रकारले अगुवाइ गर्दै आउनुभएको थियो ।

उक्त विधेयकमा सहमति खोज्न गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो । द्वन्द्वकालीन हिंसात्मक घटनामा गम्भीर अपराधका मुद्दालाई माफी मिनाह दिने या नदिनेलगायतका विषयमा दलबीच मतैक्य हुन सकेको छैन ।

यही भदौ २४ गते आइतबार सिंहदरबारस्थित समितिकै कार्यकक्षमा उपसमितिको अनौपचारिक बैठकमा सहभागी भई नेम्वाङले विधेयकका कानूनी पक्षमा आएका संशोधन र सुझावलाई समेटेर प्रतिवेदन बनाउन आफ्नो सुझाव दिनुभएको थियो । त्यसको अघिल्लो दिन उहाँ एमाले निकट राष्ट्रिय युवा सङ्घको कार्यक्रममा सहभागी भई धरानबाट फर्कनुभएको थियो ।

उक्त अनौपचारिक बैठकमा सहभागी जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झा (ठाकुर)ले त्यस दिन सुवास नेम्वाङसँग रमाइलो ढङ्गले कुराकानी भएको स्मरण गर्दै रासससँग भन्नुभयो, “मैले दाइ कुन चिया खाने भनेँ । उहाँले अलि रुघा लागेको छ, चिया खाएपछि दूध हालेकै खाउँ भन्नुभएको थियो ।” नेम्वाङले आफूलाई उच्च रक्तचाप र चिनीरोग भएको पनि सदस्यलाई अवगत गराउनुभएको थियो ।

उपसमितिका सदस्यबीच यही भदौ २५ गते सोमबार पनि उक्त विषयमा छलफल गर्ने कुरा भएअनुसार सभापति विमला सुवेदीसहित सदस्य उपस्थित भइसकेका थिए । सुवास नेम्वाङ नआइपुगेपछि सभापति सुवेदीले फोन गर्दा नेम्वाङले बिरामी भएर घरमा आराम गरिरहेको जवाफ दिँदा झाले ‘सुनाइमा गल्ती भयो होला, हिजो मात्रै यहीँ भेटेको बिरामी होइन होला, विराटनगरबाट अस्ति फर्किएको भन्नुभएको होला’ भनेर सम्झाएको सुनाउनुभयो । जसपामा आउनुअघि नेम्वाङकै पार्टी एमालेबाट सांसद भई विगतमा प्रतिनिधिसभाको शिक्षा समितिको सभापति रहनुभएका झाले यही भदौ २६ गते मङ्गलबार बिहानै नेम्वाङको निधन भएको खबर सुन्दा आफू निकै दुःखी र आश्चर्यमा परेको बताउनुभयो ।

उक्त विधेयक गत फागुन २५ गते सङ्घीय संसद्मा दर्ता भएको थियो । समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानको नेतृत्वमा विधेयकबारे प्रतिवेदन तयार गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिका समितिका सदस्य सचिव अधिराज राईका अनुसार भदौ २४ गतेको अनौपचारिक बैठकमा नेम्वाङले उपसमितिका सदस्यलाई एक प्रकारले मार्गदर्शन दिई प्रतिवेदन तयारीको गृहकार्यमा केही सदस्यलाई अलि समय दिन आग्रह गर्नुभएको थियो । नेम्वाङले विधेयकलाई सहमतिका आधारमा टुङ्गोमा लानुपर्ने र आफू त्यसका लागि तत्पर रहने स्पष्ट गर्नुभएको राईले जनाउनुभयो ।

अनौपचारिक बैठकमा उपसमिति संयोजक प्रधान, एमालेका महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, जसपाका झा, जनमत पार्टीका गोमालाभ सापकोटा सहभागी हुनुहुन्थ्यो । वीपी साहित्य महोत्सव सञ्चालन भइरहेका कारण नेपाली कांग्रेसका रमेश लेखक भने भदौ २४ गतेको बैठकमा उपस्थित हुनुभएको थिएन । रासस